२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशस्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुँदा बाटोमै जन्मियो शिशु

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुँदा बाटोमै जन्मियो शिशु


धनगढी – बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी एक महिलाले बाटोमै शिशु जन्माएकी छिन्। बिहिबार सुत्केरी व्यथा लागेर वडा नं २ को माझगाउँ स्वास्थ्य इकाइ केन्द्रमा पुगेकी ३५  वर्षीया कार्तिका विकले स्वास्थ्यकर्मी  नभेटीदाँ घर फर्किने क्रममा बाटोमै बच्चा जन्माएकी उनका श्रीमान जोख्या विकले बताए।

सुत्केरी व्यथा लाग्ने बित्तिकै आफन्तले गाउँबाट एक घण्टाभन्दा बढिको दुरीमा रहेको स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहाँ स्वास्थ्यकर्मी नहुँदा उनलाई फिर्ता ल्याएको थियो । घरमा ल्याउने क्रममा ताहाडा खोला नजिकै बाटोमा छोरा जन्माएकी हुन् ।

माझगाउँ स्वास्थ्य इकाइका २ जना अहेव र २ अनमी कार्यरत रहेको सोही स्वास्थ्य ईकाईमा कार्यरत अनमी मिनालाकुमारी शाहिले बताइन्। बिहिबार दिउँसो ३ बजे सुत्केरी स्वास्थ्य संस्थामा पुग्दा स्वास्थ्य संस्थामा कोहि नभएको स्वीकार गरिन्। उनले भनिन्,  ‘हिजो स्वास्थ्य संस्था गएको थिइन् । पछि बाटोमै बच्चा जन्मिएको वडाअध्क्षले खबर गरेपछि उक्त महिलाको घर नै पुगेर हेर्दा बच्चाको अवस्था ठिक रहेको  तर, आमा स्वास्थ्यअवस्था कमजोर भएको छ।’

आमा कुपोषित भएकाले पहिले पनि उपचार गरेकाले बच्चा नजन्माउन आग्रह गरेको अनमी शाहिले बताइन्। स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटमा बर्थिङ सेन्टर भवन बनिसकेको र आवश्यक पुर्वाधार र कर्मचारी नहुदाँ संचालनमा नआएको वडा न १ का अध्यक्ष अजय विकले बताए।

गाउँपालिका वडा नं २ का वडाध्यक्ष विष्णु बहादुर बुढा उक्त कुरा स्वीकार गरेनन् । उनले भने, ‘स्वास्थ्य संस्थामा ३ जना कर्मचारी रहेको र १ जना बैठकको लागि गाउपालिका गएकाले २ अनमी स्वास्थ्य संस्था मै  थिए।’

उक्त स्वास्थ्य संस्थामा १ दरवन्दीका अहेव र १ अहेव र २ अनमी करारमा कार्यरत रहेका छन् । माझगाउँ स्वास्थ्य इकाइमा कार्यरत नालाकुमारी शाहिले साउन१ गते करार थप नहुने भनेर जानकारी दिएको र पछि मौखिक जानकारी पछि काम आउन भनेको बताइन्।
करारमा भने म्याद थप नभएको उनको भनाइ छ।

स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्षले भरत बहादुर रोकायाले स्वास्थ्यको कुनै पनि कर्मचारीलाई नहटाएको र स्वास्थ्यका कर्मचारीले काउन्सिल दर्ता प्रमाणपत्र नभई काम गरिरहको गुनासो आएपछि कार्यसम्पादन सम्झौता गर्न तयार नभएको बताए।

उनले भने, ‘गाउँपालिकामा ७ वटा स्वास्थ्य संस्थामा कर्मचारीमा कुनै विवाद नरहेको र माझगाउ स्वास्थ्य केन्द्रमा करारमा कार्यरत कर्मचारीले अनावश्यक राजनिति गरिरहेका छन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ