२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशधनगढीमा प्रदेश प्रहरी अस्पतालको शाखा उद्घाटन

धनगढीमा प्रदेश प्रहरी अस्पतालको शाखा उद्घाटन


धनगढी– कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको शाखाको उद्घाटन भएको छ । सोमबार एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

अस्पतालको शाखाको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सिंहले धनगढीमा रहेको प्रदेश प्रहरी अस्पतालबाट प्रहरी र सर्वसाधारणहरुलाई निःशुल्क सेवा दिने प्रतिबद्दता गरेका छन् ।

‘म महानिरीक्षक भएर आए देखिनै हामीले अस्पताललाई पहिलो प्राथमिकतामा राखेका थियौँ। फलस्वरुप: आज हामीले धनगढीमा शाखा विस्तार गरेका छौँ, ’सिंहले भने,‘ धनगढीमा रहेको प्रदेश प्रहरी अस्पतालबाट प्रहरी र सर्वसाधारणहरुलाई निःशुल्क सेवा दिनेछौँ।’

नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अत्तिरीक्त महानिरीक्षक डा.आशा सिंहले विगत २८ वर्षदेखि प्रहरी अस्पतालले सेवा प्रदान गरिरहेको बताइन । ७० लाखको उपकरण सहित विशेषज्ञ चिकित्सकहरुले धनगढीबाट सेवा दिने बताउँदै  डा. सिंहले प्रदेशका सबै नागरिकहरुलाई सेवा लिन सहज बनाउने उद्देश्यले धनगढीमा अस्पतालको शाखा विस्तार गरेको उल्लेख गरिन ।

उद्घाटन समारोहमा धनगढी उपमहानगरपालीकाका मेयर गोपाल हमाल, गेटामेडिकल कलेजका निर्देशक डा. प्रमोद जोशी लगायत जनप्रतिनिधीहरुको सहभागीता थियो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ