२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशडा. केसीको २० औं अनशन धनगढीको कृष्ण मन्दिरको धर्मशालामा सुरु

डा. केसीको २० औं अनशन धनगढीको कृष्ण मन्दिरको धर्मशालामा सुरु


धनगढी—कैलालीको धनगढी पुगेका चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा. डा. गोविन्द केसीले आफ्नो २०औँ सत्याग्रह सुरु गरेका छन्। सोमबार धनगढीको एलएनचोकस्थित कृष्ण मन्दिरको धर्मशालामा केसीले ७ बुँदे मागसहित सत्याग्रह सुरु गरेका हुन्।

डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साता भदौं २७ सम्म अल्टिमेटम दिएका थिए। तर, आफ्ना मागप्रति प्रधानमन्त्रीले बेवास्ता गरेकाले प्रधानमन्त्रीकै गृहक्षेत्रमा अनशन गर्ने निर्णयमा पुगेको केसीले बताए।

‘‘प्रधानमन्त्रीकै गृह क्षेत्रमा अनशन बसेपछि माग सम्बोधन हुन्छ कि,’ उनले भने। अनशनको दौरानमा डा. केसीले सादा पानी मात्रै पिउने बताएका छन् भने उक्त स्थलमा सिसिटिभी जडान आग्रह गरेका छन्। डा. केसी अनशन बस्नकै लागि सोमबार अपरान्ह श्री एयरलाइन्सको विमानमार्फत धनगढी पुगेका हुन् ।

उनले विपीमा नियम विपरित भएका नियुक्ति खारेज गर्नुपर्ने, प्रतिष्ठान छाता ऐन जारी गर्नुपर्ने, सार्वजनिक पदमा बसेकाहरुको स्वार्थ द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्नुपर्ने, चिकित्सा शिक्षा ऐन बमोजिम २०६५ भित्र मेडिकल शिक्षण संस्थालाई गैरनाफामूलक बनाउनुपर्ने, विद्युतीय सवारी साधन चलाउन कानुनी व्यवस्था गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थाहरुको स्तरवृद्धि गर्नुपर्नेलगायतका ६ बुँदे माग अगाडि सारेका छन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ