२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशडा. केसीको अनशनको पाँचौं दिनः स्वास्थ्य अवस्था जटिल बन्दैं

डा. केसीको अनशनको पाँचौं दिनः स्वास्थ्य अवस्था जटिल बन्दैं


धनगढी—चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा थप समस्या देखा परेको छ। धनगढीमा जारी अनशनको शुक्रबार पाँच दिन पुग्दा सेती प्रादेशिक अस्पतालले डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अवस्था जटिलतर्फ गइरहेको जनाएको छ ।

२० औं पटकको अनशन गर्न धनगढी आएका डा. केसीले सोमबारदेखि अनशन थालेका हुन्। शुक्रबार अनशनको पाँचौं दिन हुँदा डा. केसीको स्वास्थ्य अवस्था थप बिग्रदै गएको छ। सेती प्रादेशिक अस्पतालले टाउको दुख्ने, रिङटा लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, मांसपेशी दुख्ने, बाउडिने र मुटुको धडकनमा गडबडी हुने समस्या देखा परेको जनाएको छ।

अस्पतालका अनुसार डा. केसीको रक्तचाप घटेर ९०—६० हाराहारीमा पुगेको छ भने श्वासप्रश्वास दर बढ्दै गएको छ । यसका साथै शरीरको तौल घट्दै गएको छ।

प्रयोगशाला रिपोर्टमा सुगरको मात्रा ४१ पुगेको क्याल्सियम, फस्पोरस र म्याग्नेसियम कम र पिसाबमा किटोनबडी बढ्दै गएको देखिएको अस्पतालले जनाएको छ। डा. केसीलाई शुद्ध पानी, नर्मल स्लाइन र रिङ्गर ल्याक्टेट मात्र प्रदान गरिएको र चिकित्सक टोलीबाट नियमित स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले जनाएको छ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि धनगढीमा २० औं अनशन बसेका डा. केसीसँग वार्ता गर्न सरकारले कुनै औपचारिक प्रक्रिया थालेको छैन। लामो समयसम्म सरकारले वार्ता गर्न उदासिन भए डाक्टर केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिने चिन्ता गरिएको छ। अस्पतालले भेटघाटमा पनि रोक लगाइएको छ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ