२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशडा. केसीको स्वास्थ्य अवस्थाबारे राष्ट्रिय मानव अधिकार आयोगको चासो

डा. केसीको स्वास्थ्य अवस्थाबारे राष्ट्रिय मानव अधिकार आयोगको चासो


धनगढी-राष्ट्रिय मानव अधिकार आयोगले अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे चासो देखाएको छ। राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिमका प्रमुख मोहनदेव जोशीसहितको टोली सेती प्रादेशिक अस्पतालमै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ।

प्रमुख जोशीले डा. केसीको स्वास्थ्य अवस्था र मागबारे बुझ्न प्रादेशिक अस्पताल पुगेपनि बोल्न सक्ने अवस्थामा नभएका कारण दोहोरो संवाद हुने नसकेको जानकारी दिए । तर, अस्पताल प्रशासन र केसीका सहयोगीसँग कुराकानी गरेर फर्किएको जोशीले बताए।

केसीले अहिले पानीबाहेक औषधीसमेत लिन नमानेका कारणले स्वास्थ्य अवस्था थप बिग्रिन सम्भावना बढेको छ। मानव अधिकार आयोगको टोलीसँग डाक्टर केसीका सहयोगीले स्वास्थ्य अवस्था थप बिग्रिन नदिन सरकारसँग वार्ताका लागि पहल गरिदिन समेत आग्रह गरेका छन्।

प्रदेश कार्यालयका प्रमुख जोशीले केसीले उठाएका माग सम्बोधनका विषयमा सरकार अग्रसर भएर उनको जीवन रक्षाका निम्ति पहल गर्नुपर्ने बताए। ‘डाक्टर केसीको जीवन रक्षाका लागि सरकारले तत्काल उहाँले उठाएका मागका विषयमा वार्ता गर्नुपर्छ,’ जोशीले भने, ‘उहाँको समग्र अवस्थाबारे प्रतिवेदन तयार पारेर केन्द्रीय कार्यालयमा पठाउदैछौँ ।’

राष्ट्रिय मानव अधिकार आयोगले सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय प्रशासनलाई समेत केसीको स्वास्थ्य अवस्थालाई गम्भीर रुपमा लिएर सोही अनुसार व्यवस्थापन गर्न निर्देशन दिइने जनाएको छ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ