२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशडा. केसी अनशनको सातौं दिनः स्वास्थ्य अवस्था जटिल बन्दैं

डा. केसी अनशनको सातौं दिनः स्वास्थ्य अवस्था जटिल बन्दैं


धनगढी—चिकित्सा शिक्षा सुधारका अभियन्तासमेत रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको सेती प्रादेशिक अस्पतालले जनाएको छ। आइतबार एक विज्ञप्ती जारी गर्दै अस्पतालले एक हप्तादेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बनेको जानकारी दिएको हो ।

डा. केसी गत सोमबारदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका धनगढीमा २० औँ पटकको अनशन बसेका थिए। उनको स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो।

अस्पतालका अनुसार डा. केसीको शरीरमा पोषण तत्व र पानीको मात्राको कमी भएर जटिलता बढ्दै गएको छ। चिकित्सकहरुले पोषण तत्व र पानी आवश्यकताअनुसार लिन आग्रह गर्दा पनि उनले अस्वीकार गरेका छन् । अहिले उनले मुखबाट पानी र नशाबाट रिङगर ल्याक्टेटबाहेक मात्रै लिइरहेका छन् ।

डा. केसीमा धेरै कमजोरी, टाउको दुख्ने, रिङगटा लाग्ने, थकान लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने पेट पोल्नेलगायतका स्वास्थ्य समस्या देखिइरहेका छन् । डा. केसीसँग वार्ता गर्न सरकारले प्रधानमन्त्री कार्यलयका सचिवको नेतृत्वमा समिति गठन गरेपनि त्यसले अहिलेसम्म वार्ताका लागि खासै उपलब्धिमूलक पहलकदमी लिन सकेको छैन ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ