२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशडा. केसीलाई अन्यत्र रिफर गर्न सेती प्रादेशिक अस्पतालको सुझाव

डा. केसीलाई अन्यत्र रिफर गर्न सेती प्रादेशिक अस्पतालको सुझाव


धनगढी—धनगढीमा ८ दिनदेखि अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशिक अस्पतालले अन्यत्र स्थानान्तरण (रिफर) गर्न सुझाव दिएको छ।

सोमबार अस्पतालले एक सूचना जारी गर्दै उनको उपचारको लागि बहुविशेषज्ञ भएको विशिष्टीकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएको हो।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका माग राख्दैं डा. केसी २७ भदौदेखि धनगढीमा अनशनरत छन्। उनले राखेको मागबारे सरकारले अझैसम्म सुनुवाई गरेको छैन।

आइतबार डा. केसी र सरकारी पक्षबीच पहिलो चरणको वार्ता भएको थियो । तर, उक्त वार्ता निष्कर्षविहीन भएर टुंगिएको थियो।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ