२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशनवजीवन अस्पताललाई १०० शैय्या संचालन अनुमति

नवजीवन अस्पताललाई १०० शैय्या संचालन अनुमति


धनगढी-धनगढीको नवजीवन अस्पतालले १ सय शैय्याको संचालनको स्वीकृति पाएको छ । अस्पतालले केही दिनअघिमात्रै १ सय शैय्याको स्वीकृति पाएको अस्पतालका प्रवन्ध निर्देशक यज्ञराज ढुङगाना जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सरकारबाट १ सय शैय्याको अस्पताल सञ्चालनका लागि स्वीकृति पाएसँगै नवजीवनले नर्सिङ पनि अध्यापन गराउने भएको छ। ४० जना विद्यार्थीलाई पिसिएल नर्सिङ अध्यापनका लागि अनुमति पाएको ढुंगानाले बताए। उनले सिटीइभिटी र राष्ट्रिय चिकित्सा आयोगले अध्यापनका लागि अनुमति दिएको बताए।

अस्ताललको नर्सिङ क्याम्पसले ४ जना विद्यार्थीलाई निःशुल्क नर्सिङ अध्यापन गराउनुपर्नेछ। नवजीवन अस्पतालले नेपाल सरकारका आमा सुरक्षा कार्यक्रम, खोप कार्यक्रम, क्षयरोगको बिरामीको निःशुल्क औषधी वितरण, स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आएको छ।

अस्पताल व्यवस्थापनका अनुसार वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ, प्रसुती तथा महिला रोग, बालरोग, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन, मानसिक तथा स्नायु, पेट छाती तथा मुटुरोग विशेषज्ञ सेवा सञ्चालनमा छन्।

अस्पतालमा वरिष्ठ एनेस्थेशियोलोजिष्ट एवं क्रिटीकल केयर सेवा, मुटुरोग विशेषज्ञ सेवा, छाला चर्मरोग, एलर्जी, यौन गुप्तरोग तथा सौन्दर्य विशेषज्ञ, नाक कान तथा घांटी रोग, युरो सर्जन तथा मिनी पिसीएनएल तथा वरिष्ठ फिजीयोथेरापी प्रत्येक दिन सेवा प्रदान गरिरहेकोे छ। रंगिन भिडीयो एक्सरे, आईसीयु, एनआईसीयू तथा डायलाइसिस सेवासमेत अस्पतालले सञ्चालन गरिरहेको छ। अस्पतालमा २४ सै घण्टा इमरजेन्सी सेवा र औषधि सेवा छ।

वि.सं. २०६२ फागुन ११ गतेबाट १५ शैय्याबाट अस्पताल सुरु भएको हो । नवजीवन वि.सं. २०६८ सालबाट ५० शैय्यामा सञ्चालनमा थियो।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ