२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेश५ अर्ब लगानीमा बनेको गेटा मेडिकल कलेजको अस्पताल संचालनका लागि कार्यालय स्थापना

५ अर्ब लगानीमा बनेको गेटा मेडिकल कलेजको अस्पताल संचालनका लागि कार्यालय स्थापना

बजेट र जनशक्ति अभाव मुख्य चुनौती


धनगढी—कैलालीको गोदावरीको नगरपालिकास्थित गेटामा रहेको गेटा मेडिकल कलेज अस्पतालको कार्यलय स्थापना भएको छ । बुधबार अस्पताल संचालनका लागि तयार पारिएको भवनमा अस्पताल संचालनको लागि कार्यालय स्थापना गरिएको हो ।

गेटा मेडिकल कलेज अस्पतालका निर्देशक डा. प्रमोद जोशीले बुधबारबाट अस्पतालको कार्यलय स्थापना गरी सञ्चालनमा ल्याइएको जानकारी दिए । गेटा मेडिकल कलेजमा अस्पताल संचालनका लागि कार्यालय स्थापना भएपछि बोल्दै अस्पतालका निर्देशक डा. जोशीले अस्पताल संचालनको लागि जनशक्तिको पनि अभाव रहेकाले छिट्टै जनशक्ति पाउने आशामा रहेको बताए ।

‘अस्पतालमा आवश्यक पूर्वाधारको निर्माणको पुर्वाधार बिकास समितिले पनि प्रतिवद्धता गर्नु भएको छ । अस्पताल भवनसम्म सहज पहुँचको लागि भित्री सडक आवश्यक रहेको र विद्युत व्यवस्थापनको ठाउँ ठूलो भएकाले सब—स्टेशन नै आवश्यक पर्ने हुदाँ प्रक्रियामा रहेको छ,’ उनले भने ।

डा. जोशीले अहिले हरेक चिजमा व्यवस्थापनको सुरुवाती चरणमा रहेको उल्लेख गरे । ‘आवश्यक पर्ने जनशक्तिका व्यवस्थापनका लागि बजेटको व्यवस्थासमेत छैन्,’ उनले थपे, ‘अस्पताल संचालनको लागि सर्वप्रथम इमर्जेन्सी, ओपिडी संचालन गर्ने र क्रिटिकल केसहरुमा एउटा छुट्टै वार्डमा व्यवस्थापन गर्ने तरिकाले तयारी भइरहेको छ ।’

सरकारले गत असारमा गेटा मेडिकल कलेज अस्पताल निर्देशकमा डा. जोशीलाई पठाएको थियो । अहिले अस्पतालमा सह—निर्देशक रुपमा डा. विप्लव सापकोटा र प्रशासनिक १ कर्मचारी र आंशिक रुपमा काम गर्ने गरी लेखाका कर्मचारी खटाइएको अस्पतालको निर्देशक डा. जोशीले बताए ।

अस्पताल संचालन गर्न जनशक्ति व्यवस्थापनका लागि विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, इमर्जेन्सी संचालन गर्न एमडीजिपी चिकित्सक, नर्सिङ, प्यारामेडिक्स र अन्य कर्मचारीको दरबन्दी तेरिज बनिसकेको स्वीकृत हुन बाँकी रहेको छ ।

अस्पताल संचालनको लागि दक्ष जनशक्ति स्वीकृत नभएको, बजेट अभाव धेरै नै भएकाले गेटा मेडिकल कलेजमा आउन खोजिरहेका चिकित्सकहरुलाई कसरी व्यवस्थापन गर्ने, ढल, पानी र विद्युतको व्यवस्था भए अस्पताल संचालनको कार्य अगाडि बढाउन सकिने निर्देशक डा. जोशीको भनाइ छ ।

कैलालीको गेटामा ५ अर्ब लागतमा ६०० शैय्याको अस्पताल र मेडिकल कलेजका लागि आवश्यक २८ वटा आधुनिक भवन निर्माणको काम ९० प्रतिशत सकिएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ