२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेश‘गाउँ घरमा चिकित्सक’ कार्यक्रम सञ्चालन गर्दै बैतडी जिल्ला अस्पताल

‘गाउँ घरमा चिकित्सक’ कार्यक्रम सञ्चालन गर्दै बैतडी जिल्ला अस्पताल


धनगढी—जिल्ला अस्पताल बैतडीले ‘गाउँ घरमा चिकित्सक’ कार्यक्रम सञ्चालन गरेको छ । अस्पतालले जिल्लाका दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरसहित स्वास्थ्य सेवा दिने उद्देश्यले ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम सञ्चालन गरेको हो ।

जिल्लाका दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिन स्थानीयस्तरमै शिविरको आयोजना गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले बताए ।

उनका अनुसार जिल्लाको पञ्चेश्वर गाउँपालिकाको कुलाउ स्वास्थ्य चौकीमा दुई दिने विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा बालरोग विशेषज्ञ, एमडीजीपी, दन्तरोगका चिकित्सक खटिएका थिए । उक्त कार्यक्रमबाट नागरिक लाभान्वित भएका श्रेष्ठले बताए ।

अल्ट्रासाउण्ड सेवा, इसीजी सेवा पनि उपलब्ध गराइएको कुलाउ स्वास्थ्य चौकीको दुई दिने शिविरमा ५ सय बढीले स्वास्थ्य सेवा लिएका छन् ।

‘गाउँ घरमा चिकित्सक’ कार्यक्रमअन्तर्गत एकीकृत स्वास्थ्य सेवा प्रदान गर्ने गरिएको डा. श्रेष्ठले बताए । शिविरमा समान्य चेकजाँचका साथै विशेषज्ञ सेवा पनि दिने गरिएको छ । यस्तै, अल्ट्रासाउण्ड सेवा, प्रयोगशाला सेवालगायतका स्वास्थ्य सेवाहरु पनि शिविरबाट प्रवाह गरिदैं आएको उनले जानकारी दिए ।

जिल्ला अस्पताल वैतडी अब जिल्लाको सिगास गाउँपालिकाको गाँजरीमा समेत शिविर सञ्चालन गर्ने योजना बनाएको छ । अस्पतालको पहुँचभन्दा टाढा रहेका स्थानीय तहहरुलाई लक्षित गरेर ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ