२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसेती प्रादेशिक अस्पतालमा दूरबिन विधीबाट शल्यक्रिया सेवा सुरू

सेती प्रादेशिक अस्पतालमा दूरबिन विधीबाट शल्यक्रिया सेवा सुरू


धनगढी—सदूरपश्चिको एक मात्र रेफरल अस्पताल सेती प्रादेशिक अपतालमा पहिलोपटक दूरबिन विधिबाट मिर्गौलाको शल्यक्रिया गरिएको छ । बुधबार कैलालीको कैलारी गाउँपालिकाकी ४९ वर्षीया एक महिलाको दूरविन विधीबाट मिर्गौलाको शल्यक्रिया गरिएको हो ।

सेती अस्पतालका सर्जरी विभाग प्रमुख डा. सुरेन्द्र बस्नेत नेतृत्वको टिमले पत्थरीका कारण बायाँ मिर्गौला काम नलाग्ने भएको अवस्थामा दूरबिन विधिबाट शरीरमा सानो प्वाल पारेर पहिलो पटक सेतीमा सफल शल्यक्रिया गरिएको बताए ।शल्यक्रिया गरिएकी बिरामीको स्वास्थ्य अवस्था सामान्य छ । शुक्रबार बिरामीलाई डिस्चार्ज गरिने डा. बस्नेतले बताए ।

शल्यक्रियामा काठमाडौंको वीर अपतालबाट युरोलीजीमा एमसीएच गरेका डा. बस्नेतसँगै डा. जोनस तिवारी, डा. कपिल गौतम, डा. दिपेश श्रेष्ठ, क्षितिज विक्रम र नर्सिङमा सनिता कोइराला, पविता कोइराला, लक्ष्मी उपाध्याय, जानकी पाण्डे, लालु डगौरा र रमैया चौधरीको समूह संलग्न रहेको थियो ।

दूरबिन विधि अर्थात ल्यापरोस्कोपिक सर्जरी गर्दा रगत कम बग्ने हुँदा बिरामीलाई रगत चढाउनु नपर्ने, बिरामीलाई दुखाइ कम हुने र छिट्टै हिड्डुल गर्न सक्ने, शरीरमा दाग नहुने, संक्रमणको जोखिम कम हुने र अस्पतालबाट दुई दिनमै घर जान मिल्ने डा. बस्नेतले जानकारी दिए ।

सेतीमा दुरविन विधिबाट मिर्गौलाको शल्यक्रिया सुरू भएपछि मिर्गौलाको शल्यक्रिया गर्नुपर्ने बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ