२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशधनगढीमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्री वितरण

धनगढीमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्री वितरण


धनगढी—धनगढी उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरेर नाप जाँच शिविरको आयोजना गरी आवश्यक पर्ने व्यक्तिलाई सहायता सामाग्री वितरण गरेको छ । उपमहानगरका १९ वटै वडामा बसोवास गर्ने अपाङ्गता भएका व्यक्तिहरूको पहुँच पुग्ने धनगढीका ४ स्थानमा नाप जाँच शिविर आयोजना गरिएको थियो ।

वि.सं. ०७९ माघ ३ देखि संचालन भएको शिविरमा अपांगता सहायता सामग्रीका लागि २४८ व्यक्तिहरूको नाप जाँच गरिएको थियो । शिविरकै समयमा ९१ जना अपाङ्गता भएका व्यक्तिलाई सहयोग सामाग्री प्रदान गरिएको थियो ।

सहायता सामग्री तयार गर्न समय लाग्ने भएकाले बाँकी रहेका व्यक्तिहरुका लागि अपाङ्गता क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेको एनएनएसडब्लूएचको प्रावधिक सहयोगमा सहायता सामग्री बुधबार धनगढीका १५, १६ र १७ नम्बरका मा ३२ जनालाई प्रदान गरिएको छ ।

जसमा २०७९ माघ ५ गते नाप जाँच भएका ५६ जना मध्ये सोही दिन अपाङ्गता २४ जनालाई सोही दिन सहायता समाग्री बितरण गरिएको थियो । धनगढी उप महानगरपालिकाका १९ वटै वडाका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामाग्री वितरणका लागि करिब ३८ लाख रहेको उप महानगरले जनाएको छ ।बुधबार १५, १६ र १७ नम्बर वडामा व्हीलचेयर १६ थान, ट्राइसाइकल ४, कृत्रिम खुट्टा २, कृत्रिम हात १, ट्वाइलेट चेयर १, रोटेलर १, स्पाइनल बेल्ट ४, वाकर स्टिक २, घुँडा सपोर्ट १ जोर वितरण गरिएको हो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ