२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशनेपाल चिकित्सक संघद्वारा स्वास्थ्यकर्मीलाई तालिम प्रदान

नेपाल चिकित्सक संघद्वारा स्वास्थ्यकर्मीलाई तालिम प्रदान


धनगढी—नेपाल चिकित्सक संघ (एनएमए) सुदूरपश्चिम प्रदेशले स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरेको छ । स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आर्थिक सहयोगमा सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई सीपमा आधारित प्रशिक्षण तालिम प्रदान गरेको हो ।

प्रदेशका ९ वटै जिल्लाका स्वास्थ्यकर्मीहरुलाई २ दिने नन अप्रेटिभ फ्रयाक्चर म्यानेजमेन्ट सम्बन्धि तालिम प्रदान गरिएको हो ।

तालिम कार्यक्रमको समापनमा बोल्दै नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष डा. प्रदीप मिश्रले जे जति संघ संगठन छन् जहिल्यै पनि अधिकारका मात्रै कुरा गर्छन भन्ने भावनाबाट माथि उठेर सेवा दिने स्वास्थ्यकर्मी एउटै परिवार भएको बताउँदैं सबै स्वास्थ्यकर्मीका समस्या एउटै भएको बताए ।

‘सुदूरपश्चिम प्रदेशमा भौगोलिक जटिलतासँगै दक्ष स्वास्थ्य जनशक्तिको कमी भएकाले विशेषज्ञ चिकित्सक तथा चिकित्सक उपलब्धता नभएको स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको हो,’ डा. मिश्रले भने ।

प्रदेशका पहाडी जिल्लाहरुमा भिरबाट खस्ने, रुखबाट लड्नेजस्ता घटनाहरु बढी हुने भएकाले त्यस्ता घटनामा परेका व्यक्तिहरुको व्यवस्थापनमा तालिमले सहयोग पुग्ने सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. जगदीश जोशीले बताए ।

नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशले प्रदेशका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई क्रिटिकल केयर सम्बन्धिसमेत तालिम प्रदान गरेको थियो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ