२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशप्रादेशिक आयुर्वेद चिकित्सालयलाई अल्ट्रासाउन्ड प्रदान

प्रादेशिक आयुर्वेद चिकित्सालयलाई अल्ट्रासाउन्ड प्रदान


धनगढी—प्रादेशिक आयुर्वेदिक चिकित्सालयलाई अल्ट्रासाउन्ड प्रदान गरिएको छ । बुधबार प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक डा. निरज अर्यालले चिकित्सालयका निमित्त निर्देशक डा. सुर्य उपाध्यायलाई अल्ट्रासाउन्ड हस्तान्तरण गरेका हुन् ।

गत वर्षबाट धनगढी १३ राजपुरमा रहेको आयुर्वेद चिकित्सालय सञ्चालनमा आएको हो। चिकित्सालयमा आयुर्वेदिक उपचारसँगै विशेषज्ञ उपचार दिन थालिएको छ । अल्ट्रासाउन्ड प्रदान भएसँगै आजैबाट अल्ट्रासाउन्ड र इसिजी सेवा दिन थालिएको छ ।

अल्ट्रासाउन्ड हस्तान्तरण गर्दै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक डा. अर्यालले गत वर्षको खरिदबाट चिकित्सालयलाई उपकरण प्रदान गरिएको बताए । उनले रंगीन अल्ट्रासाउन्ड सञ्चालनमा आएसँगै चिकित्सालयले गुणस्तरीय सेवा दिन सक्ने बताए ।

यस्तै, चिकित्सालयका निमित्त निर्देशक डा. उपाध्यायले सेवा विस्तारका लागि अल्ट्रासाउन्ड मेसिनको उपलब्धता महत्वपूर्ण हुने बताए । बुधबारबाटै चिकित्सालय आउने बिरामीको सस्तोमा अल्ट्रासाउन्ड र इसिजी गरिने उनले जानकारी दिए ।

चिकित्सालयका अल्ट्रासाउन्ड गरेको चार सय शुल्क निर्धारण गरिएको छ। कार्यक्रममा चिकित्सालयका पूर्व निर्देशक खगेन्द्र बम र चिकित्सकहरूको उपस्थिति रहेको थियो।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ