२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिममा स्वयंसेवकका लागि आवेदन मागियो तर नतिजा प्रकाशन भएन

सुदूरपश्चिममा स्वयंसेवकका लागि आवेदन मागियो तर नतिजा प्रकाशन भएन


धनगढी—सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले गत वर्ष ११ पुसमा सुदूरपश्चिम स्वयंसेवक परीचालन कार्यक्रमका लागि आवेदन मागेको थियो । वि.सं. २०८० असार मसान्तसम्म काम गर्न भनी मागिएको आवेदनको आर्थिक वर्ष सकिंदा पनि नतिजा आएको छैन ।

स्वयंसेवकको नतिजा प्रकाशनको विषयमा आफूलाई थाहा नभएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्की बताउँछन् ।
स्वयंसेवकको नतिजा प्रकाशनको विषयमा कुनै निर्णय नभएको उच्च शिक्षा शाखाका शाखा प्रमुख गोपालदत्त जोशीले बताए । ‘मन्त्रीज्यूको अध्यक्षतामा एक समिति रहेको छ । उक्त समितिको बैठक नै बैठक बसेको छैन । समितिले जे निर्णय गर्छ, त्यही अनुसार हुन्छ,’ उनले भने ।

सामाजिक विकास मन्त्रालयले प्रदेशका ९ वटै जिल्लामा तोकिएका निकायमा काम गर्नका लागि भनेर हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अनमी, सामाजिक विकास अभियन्ता, ना.प.स्वा.प्रा (भेटनरी) र ना प्रा.स (कृषि) तर्फका लागि आवेदन माग गरेको थियो ।

९ वटै जिल्लामा काम गर्ने गरी ९२ जना स्टाफ नर्स, ४० जना सामाजिक विकास अभियन्ता, १८ जना हेल्थ असिस्टेन्ट, १० जना अनमी, ९ जना भेटनरी जेटीए र ९ जना कृषि जेटीएका लागि आवेदन माग गरिएको थियो । उक्त पदहरुमा २ हजार ६ सय १८ जनाले आवेदन दिएका थिए ।

सामाजिक विकास अभियन्तामा १ हजार ८ सय ६० जना, कृषि जेटीएमा लागि ३ सय ३४ जना, भेटनरी जेटीएका लागि १ सय ३० जना, अनमीमा १ सय १६ जना, स्टाफ नर्समा १ सय जना र हेल्थ असिस्टेन्टको लागि ७९ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा स्वयंसेवाको भावना अभिवृद्धि गर्न, अल्पसमयको रोजगारी सिर्जना गर्न, समाजमा ब्याप्त कुरिती, कूप्रथा न्यूनीकरणकरणमा योगदान पु¥याउन र प्रदेश सरकारबाट प्रदान गरिने सेवालाई प्रभावकारी, गुणस्तरीय र परिणाममुखी बनाएर प्रदेशको विकासमा योगदानको लागि स्वयंसेवक परीचालन गर्न स्वयंसेवक परिचालन कार्यविधी, २०७६ मन्त्रिपरिषद्बाट स्वीकृत गरेर लागु गरेको थियो ।

कार्यविधीमा खटाइएको स्वयंसेवकहरुलाई मासिक रुपमा निर्वाह भत्ता उपलब्ध गराइने उल्लेख छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ