२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशअवैध रुपमा क्लिनिक र फार्मेसी सञ्चालन गर्ने ६ जना पक्राउ

अवैध रुपमा क्लिनिक र फार्मेसी सञ्चालन गर्ने ६ जना पक्राउ


धनगढी—कैलालीमा अवैध रुपमा क्लिनिक तथा फार्मेसी संचालन गर्ने ६ जना पक्राउ परेका छन् । बिहीबार धनगढी उपमहानगर—२ र ३ मा सञ्चालन भएका मेडिकलबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी–३ बस्ने एभरेष्ट मेडिकलका सञ्चालक ३० वर्षीय अमर चौधरी, मानवी हाम्रो मेडिकल फार्मेसीका सञ्चालक २५ वर्षीय नवीन धामी, फारवेष्ट प्याथोलोजीका सञ्चालक ३३ वर्षीय दिपक महरा र धनगढी–२ बस्ने रेस्मी क्लिनिक फार्मेसीका सञ्चालक ७३ वर्षीय गोरखबहादुर श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखाको टोली र जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी निरीक्षक सन्तोष बस्यालको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुले क्लिनिक सञ्चालनको अनुमति नलिएको र अन्य मापदण्डसमेत पूरा नगरेको पाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, गत मंगलबार धनगढी उपमहानगरपालिका—३ बोराडाँडी र वडा नम्बर ७ देवरियामा दुई वटा क्लिनिक अनुमति बिना सञ्चालनमा रहेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडीमा ४५ वर्षीय अर्जुन कुँवरले सञ्चालन गरेको अर्जुन क्लिनिक र वडा नम्बर ७ मा २१ वर्षीया कमला बोहराले सञ्चालन गरेको अभिनव हेल्थ क्लिनिक अनुमति बिना सञ्चालनमा रहेका पाइएको हो । धनगढीका कुँवर र गौरीगंगाका वडा नम्बर १० की बोहरालाई पनि पक्राउ गरिएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ