२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसेतीलाई रोटरी क्लबले दिएको अत्याधुनिक एम्बुलेन्स संचालनमा आएन

सेतीलाई रोटरी क्लबले दिएको अत्याधुनिक एम्बुलेन्स संचालनमा आएन


धनगढी—सेती प्रादेशिक अस्पतालको नवनिर्मित भवन अगाडि राखिएको छ—रातो रंगको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ०५१९ नम्बर लेखिएको एम्बुलेन्स । २२ बैशाखमा २२ रोटरी क्लब अफ धनगढीले सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको थियो ।

जापानमा बनेको टोयटा कम्पनीको उक्त एम्बुलेन्समा आईसीयु र भेन्टिलेटरसहितको ‘क’ वर्गको सुविधा छ । रोटरी क्लब धनगढीले भन्सार छुट गरेर एक करोड ३५ लाख रुपैयाँमा खरिद गरीे एम्बुलेन्स अस्पताललाई दिएको थियो । क्लबका अध्यक्ष ठेकेन्द्रराज जोशीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयलाई एम्बुलेन्स हस्तान्तरण गरेको हालसम्म पनि संचालनमा आउन सकेको छैन ।

उक्त एम्बुलेन्स एक कार्यक्रम गरी सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा र धनगढी उपमहानगरका नगर प्रमुख गोपाल हमालको उपस्थितीमा सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको थियो ।

उक्त एम्बुलेन्समा आईसीयुमा जडान हुने सबै उपकरण राखिएको छ । आईसीयुका उपकरण चलाउनका लागि यसमा ९ घण्टाको ब्याट्री ब्याकअप रहेको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ मा ५ देखि ५० शैय्याको अस्पतालमा ‘क’ वा ‘ख’ वर्गको एम्बुलेन्स र प्रादेशिक अस्पतालमा कम्तीमा ‘क’ वर्गको १ वटा ‘ख’ वर्गको १ वटा एम्बुलेन्स संचालन गर्न सकिने उल्लेख छ ।

उक्त ‘क’ एम्बुलेन्स संचालनको लागि दर रेट निर्धारण नभएकाले संचालन गर्न नसकिएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी मेघराज उपाध्यायले बताए । उनले भने, ‘क’ वर्गको एम्बुलेन्स संचालनको लागि आवश्यक पर्ने चिकित्सक, पारामेडिक्स र नर्सिङ जनशक्तिको व्यवस्था नभएको कारण संचालन गर्न नसकिएको हो ।’


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ