२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशअख्तियारले माग्यो कार्यन्वयन नै नभएको कार्यक्रमको कागजपत्र

अख्तियारले माग्यो कार्यन्वयन नै नभएको कार्यक्रमको कागजपत्र


धनगढी—अख्तियार दुरुपयोग अनुुसन्धान आयोग कन्चनपुरले कार्यान्वयन नै नभएको कार्यक्रमको कागजात मागेको पाइएको छ । १० असोजमा सुदूरपश्चिम प्रदेशको प्रदेश स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्रसँग आर्थिक वर्षमा २०७९/८० मा ज्येष्ठ नागरिकलाई निमोनिया खोप खरिद कार्यक्रमको कागजात पठाइदिन भनेर अख्तियारले मागेको हो ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोग कन्चनपुर महेन्द्रनगर कार्यालयले पठाएको उक्त पत्रमा आर्थिक वर्षमा २०७९/८० मा जेष्ठ नागरिकका लागि खोप खरिद कार्यक्रममा १० करोड बिनियोजन भएको थियो, थिएन ? खरिद भएको भए सोसँग सम्बन्धित स्वीकृत बजेट तथा कार्यक्रम लागत अनुमान खरिद विधि सम्झौता, टेक्नीकल/फाइनान्सियल इभालुएसन, खरिद विधी, इन्स्पेक्सन रिपोर्ट दाखिला प्रतिवेदन औषधीको वितरणको अवस्था र बिल भपाई तथा गोश्वारा भौचरलगायतका कागजातको प्रमाणित प्रतिलिपि पठाउन भनिएको छ ।

उक्त निमोनिया भ्याक्सिन खरिदको लागि आपूर्ति केन्द्रले कुनै प्रक्रिया नै सुरु नभएको जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा प्रादेशिक अस्पतालबाट जेष्ठ नागरिकलाई निमोनिया र इन्फ्ल्युएन्जा विरुद्धको खोप दिने ब्यवस्था मिलाइने भनी उल्लेख गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा ज्येष्ठ नागरिकका लागि निमोनिया भ्याक्सिन खरिदकाका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ । तर, उक्त कार्यक्रम कार्यान्वयनको लागि आवश्यक कार्यविधी (गाइडलाइन) नभएकाले आवश्यक प्रक्रिया नै सुरु नभएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिह कार्कीले जेष्ठ नागरिकलाई निमोनिया भ्याक्सिन दिने कार्यक्रमको आवश्यक निर्देशिका बनाएर राय सुझावको लागि परिवार कल्याण महाशाखा पठाइएको बताए । सो राय पश्चात आवश्यक प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए ।

उक्त कागजात माग गरेको पत्रको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कन्चनपुरका शाखा अधिकृत धर्मराज उपाध्यायले कार्यालयमा उजुरी परेपछि सम्बन्धित कार्यालयलाई पत्र काटिएको बताए । ‘उजुरी आएपछि उक्त कार्यक्रम कार्यान्वयन भए—नभएको अथवा कार्यान्वयन भएको भए आवश्यक मागजात मागेको बाँकी अनुसन्धानकै क्रममा रहेको छ,’ उनले भने ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ