२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशदुर्गममा विशेषज्ञ सेवा दिन्छु भन्ने चिकित्सकलाई जबरजस्ती काठमाडौं तानियो  

दुर्गममा विशेषज्ञ सेवा दिन्छु भन्ने चिकित्सकलाई जबरजस्ती काठमाडौं तानियो  

पहिला आउन मान्दैनन् आएपछि टिक्न दिँदैनन्


धनगढी– सुदूरपश्चिम प्रदेशको दुर्गम मानिने बझाङमा स्वास्थ्य क्षेत्र उसै पनि लथालिङ्ग छ । त्यसमाथि झन् अस्तिदेखि लगातार बेलाबेला भूकम्पले बझाङवासीलाई झस्काइरहेको छ । यस्तो सङ्कटका बेला जिल्लाको जनस्वास्थ्य क्षेत्र पनि अछुतो रहन सकेन् ।

जिल्ला अस्पताल बझाङमा कार्यरत स्त्रीरोग विशेषज्ञ चिकित्सक डा. नवराज जोशीको स्वास्थ्य मन्त्रालयले काज फिर्ता गरेको छ । मन्त्रालयको सचिवस्तरको निर्णय अनुसार २४ गते मन्त्रालयमै काज फिर्ता गरिएको हो ।

१५ महिना अघि डा. जोशीलाई बझाङ पठाइएको थियो । उनलाई मन्त्रालय तानेपछि बझाङ अस्पतालको प्रसूति सेवा प्रभावित बनेको छ ।

एक मात्र विशेषज्ञ चिकित्सक रहेको सो अस्पतालका डाक्टर जोशीलाई तान्दा प्रसूति शल्यक्रिया सेवाहरू बन्द भएका छन् । यस्तै सुत्केरीका जटिल अपरेसनहरू पनि बन्द भएका छन् । स्रोतका अनुसार डाक्टर जोशीले मेडिकल व्यवसायीका भेषधारी माफियाको निर्देशन नमान्दा सरुवा गरिएको बताएका छन् ।

मेडिकल आपूर्तिकर्ताहरूलाई गुणस्तरीय उपकरण तथा सामाग्री माग गर्दा भुक्तानीमा कडाइ गर्दा काज फिर्ता पावर लगाएर गराइएको बताइएको छ ।
गत आर्थिक वर्षमा न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा बझाङ जिल्ला अस्पताल देशभरमै दोस्रो बनेको थियो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ