२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिममा स्वास्थ्यका दुई चिकित्सकसहित तीन जना सहसचिवमा बढुवा

सुदूरपश्चिममा स्वास्थ्यका दुई चिकित्सकसहित तीन जना सहसचिवमा बढुवा


धनगढी—सुदूरपश्चिममा स्वास्थ्यका ३ जना दशौं तहका कर्मचारीको बढुवा भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयस्थित बढुवा समितिको सूचनाअनुसार रिक्त पदहरुका लागि योग्य उम्मेदवारको बढुवा गरिएको हो।

जसमा स्वास्थ्यका २ चिकित्सक र एक कर्मचारी गरी ३ जनाको बढुवा भएको हो । जसमध्ये सेती प्रादेशिक अस्पतालका निमित्त मेसु डा. शेरबहादुर कमर, सेती अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. खगेन्द्रराज भट्ट र स्वास्थ्य तालिम केन्द्रका प्रमुख नरेन्द्रसिंह कार्की रहेका छन्।

उनीहरुलाई लोक सेवा आयोगले बढुवा सिफारिस गरेको थियो। दशौ तहका उनीहरु एघारौं तह (सहसचिव) स्तरमा बढुवा भएका हुन्।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ