२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा डा. बम

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा डा. बम


धनगढी—सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा डा. खगेन्द्र बम नियुक्त भएका छन् । बुधबार सामाजिक विकास मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै डा. बमलाई निमित्त निर्देशकको जिम्मेवारी दिएको हो ।

आयुर्वेद चिकित्सक डा. बमलाई आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त निर्देशकमा नियुक्त गरिएको हो । उनी सुदूरपश्चिम प्रदेशमा कार्यरत आयुर्वेद चिकित्सकहरुमध्ये सबैभन्दा वरिष्ठ चिकित्सक हुन् ।

निर्देशनालयका निर्देशक डा. जगदीश जोशी अध्ययन बिदामा गएपछि स्वास्थ्य निर्देशनालय निर्देशकबिहिन बनेको थियो । जसका कारण सामाजिक विकास मन्त्रालयले डा. बमलाई निमित्तको जिम्मेवारी दिएर पठाएको हो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ