२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशनेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा सुनार

नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा सुनार


धनगढी—नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा शिवराज सुनार चयन भएका छन् । शनिबार भएको निर्वाचनमा सुनारले १ सय ४१ मत ल्याउँदै विजयी भएका हुन् ।

उपाध्यक्षमा भुपेन्द्र सिंह महरा विजयी भएका छन् । उनले १ सय २१ मत ल्याउँदैं विजयी भएका हुन् ।

सचिवमा नृपराज डगौरा विजयी भएका छन् भने उनले १ सय २५ ल्याउँदैं विजयी भएका हुन् । निर्विरोध निर्वाचित हुनेमा सह—सचिव रामचन्द्र जोशी , कोषाध्यक्षमा प्रनिता भट्ट र सदस्यहरूमा वीरबहादुर कुँवर ,आशिष शाह, वीरेन्द्रप्रसाद भट्ट, मनिषा झा ,राजेन्द्रप्रसाद भट्ट र ममताकुमारी जोशीरहेका छन् ।

नेपाल जनस्वास्थ्य संघ प्रदेश समितिमा सदस्यहरु निर्विरोध चयन हुँदा अध्यक्ष, उपाध्यक्ष र सचिव पदसहितका पदाधिकारी भने निर्वाचन भएको थियो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ