२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ बयलपाटा अस्पतालले माग्यो २१ नर्सिङसहित ८३ जना कर्मचारी

बयलपाटा अस्पतालले माग्यो २१ नर्सिङसहित ८३ जना कर्मचारी


धनगढी —सुदूरपश्चिम सरकारको मातहतमा संचालनमा हुन लागेको अछामको बयलपाटा अस्पतालले २१ जना नर्सिङसहित ८३ जना कर्मचारी माग गरेको छ । २२ असारमा एक सूचना प्रकाशित गर्दै अस्पतालले ठूलो संख्यामा स्वास्थ्यकर्मीसहितका कर्मचारी माग गरेको हो ।

अस्पतालले नर्सिङ अधिकृत १ जना, स्टाफ नर्स ११ जना र अनमी ९ जनासहित २१ जना नर्सिङ कर्मचारी माग गरेको छ । यसैगरी, ६ जना मेडिकल अधिकृत, १ जना डेन्टल सर्जन, हेल्थ असिस्टेन्ट ८ जना, अहेब ६ जनालगायत गरी ८३ जना कर्मचारी माग गरेको हो ।

अस्थायी दरबन्दीअन्तर्गत सुदूरपश्चिम प्रदेश सरकारले ती कर्मचारी माग गरेको हो । बयलपाटा अस्पताल १ भदौंदेखि सुदूरपश्चिम सरकारले प्रादेशिक अस्पतालका रुपमा संचालन गर्ने तयारी गरेको छ ।

यसअघि सुदूरपश्चिम नेपालको पहाडी जिल्लाको स्वास्थ्य सेवाको केन्द्रविन्दुका रुपमा रहेको उक्त अस्पताल न्याय हेल्थले सञ्चालन गरिरहेको थियो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ