२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठविश्वबेलायतका अभिभावक किन छोराछोरीलाई डाक्टर बनाउन चाहन्छन् ?

बेलायतका अभिभावक किन छोराछोरीलाई डाक्टर बनाउन चाहन्छन् ?

परिवारको सम्मान र जिन्दगीमा स्थायीत्व प्रमुख कारण


लन्डन—बेलायती आमाबुवा आफ्ना छोराछोरीलाई डाक्टर बनाउन चाहन्छन् । धेरै आम्दानी र अधिक ख्याति दिने नयाँ पेशाहरुको उदय भएपनि डाक्टरी पेशाको क्रेज अझै बढिरहेको छ ।

युनिभर्सिटी र कलेजहरुको भर्ना सेवाको आँकडाअनुसार बेलायतमा दोस्रो विषयमा करिअर बनाउने खोज्नेहरुको संख्या सन् २०१४ यता झण्डै तेब्बर गुणाले वृद्धि भएको छ भने मेडिसिनमा करिअर बनाउन चाहनेहरुको संख्या ६ गुणाले वृद्धि भएको छ । यो सन् २०१४ देखि १८ प्रतिशत वृद्धि भएको हो ।

बेलायतका करिअर विशेषज्ञ चार्ली बान्ल भनछन्, ‘डाक्टरी पेशालाई मध्यम वर्ग सम्मानका रुपमा देख्छ । जुन परिवारमा एक जना डाक्टर हुन्छ, त्यो सिंगो परिवारलाई सम्मानपूर्वक हेरिन्छ । यही कारण कयौ बच्चाहरुको रुचि बेगर पनि आमाबुवा उनीहरुलाई डाक्टर बन्नका लागि दबाब दिन्छन् । बेलायतका मेडिकल स्कुलहरुमा अहिले पनि सिटको कमी छ । तर, त्यसका लागि प्रतिस्पर्धा गर्नेहरु धेरै रहेका छन् । त्यही कारण मेडिसिन डिग्री हासिल गर्नु ठूलो कुरा मानिन्छ ।’

बान्ल अगाडि थप्छन्, ‘बजारको आवश्यकताको विभिन्न पेशाको पारिश्रमिकमा फरक हुन्छ । अहिले एआई र प्रविधीका क्षेत्रमा विज्ञहरुको अभाव छ । यसकारण धेरै नयाँ पेशामा तलब धेरै उच्च छ । उनीहरुको तुलनामा ७ वर्ष लामो तालिमपछि पनि चिकित्सकको आम्दानी खासै छैन । यो पेशामा दबाब र कामको समय बढेको छ । चिकित्सकको तलब बढ्नुको सट्टा तुलनात्मक रुपमा घटेको छ । अझै पनि डाक्टर बन्ने रहर बढ्दैं गएको छ ।’

अधिकांश परिवारलाई रोजगारीका नयाँ अवसरहरुबारे पनि थाहा छैन । बेलायतका मध्यवर्गीय परिवारका अभिभावकहरुले डाक्टरी पेशामा स्थिरता महसुस गरेका छन् । उनीहरु यसलाई उत्कृष्ट पेशा ठान्छन् । त्यसैले आफ्ना छोराछोरीलाई डाक्टर बनाउन चाहन्छन् । जसको कारण धेरैजसो परिवारलाई नयाँ आकर्षक रोजगारीका अवसरहरुको बारेमा जानकारी नहुनु पनि हो ।

बेलायतमा इज्जतका लागि प्रवासीमूलका मानिसहरु आफ्ना सन्तालाई डाक्टर बनाउन चाहन्छन् । चेन्जिङ फेस अब मेडिसिन कमिसनका अध्यक्ष प्राध्यापक पाली हङ्गिन भन्छन्, ‘विश्वका अधिकांश देशमा डाक्टरलाई भगवानका रुपमा सम्झिइन्छ । बेलायतमा प्रवासीहरुको बढी जनसंख्या छ । उनीहरु आफ्ना छोराछोरीलाई यसकारण डाक्टर बनाउन चाहन्छन् कि ब्रिटिस समाजमा उनीहरुको परिवारलाई सम्मानपूर्वक हेरियोस् ।’

केही नयाँ पेशाहरुमा डाक्टरको भन्दा कम मेहनतमा बढी कमाइका अवसरहरु छन् । जुनियर डाक्टर ४३ लाख कमाउने बेलायतमा इन्फर्मेसन सिष्टममा ४७ लाख, कम्प्युटर इन्जिनियरिङमा ४७ लाख, साइबर सेक्युरिटी, सफ्टवेर डेभलपर्स, आर्टिफिसियल इन्टेलिजेन्स र मेटावर्स आर्किटेक्टमा १ करोड र वकिल सवा करोडसम्म कमाउँछन् ।

-एजेन्सीको सहयोगमा 


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ