२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहेल्थ डेस्कका स्वास्थ्यकर्मी भन्छन्, ‘हामी असुरक्षित छौ’

हेल्थ डेस्कका स्वास्थ्यकर्मी भन्छन्, ‘हामी असुरक्षित छौ’


जुम्ला  – जुम्लाको प्रवेशद्धार नाग्म हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी सुरक्षा चुनौतीमा छन् । हेल्थ डेक्समा खटिएका स्वास्थ्यकर्मी मोतिलाल नेपालीले भने यहाँ आवतजावत गर्ने स्थानीयले कोरोना भाइरसका बारेमा नबुझ्दा ज्वरो नाप्न पनि मान्दैनन् । यो के नाटक हो भनेर हामी माथि नै आक्रमण गर्न आउन्छन् । यहाँ सुरक्षा चुनौती छ ।

एक जना प्रहरी हवलद्धारको भरमा हेल्थ डेस्कमा काम गर्नु परेको अर्का स्वास्थ्यकर्मी भरत बुढाले भने स्थानीय तहका वडाध्यक्षका समेतका सवारी सञ्चालन अनुमति पत्र आउने गर्दछन् । यहाँ आवतजावत गर्ने नागरिक तथा जनप्रतिनिधिले अनलाइन पासको बारेमा बुझेकै छैनन् । हेल्थ डेस्क स्थापना भएको एक सातासम्म निकै व्यवस्थित रुपमा चल्यो । सबैको नजर हेल्थ डेस्कमै जान्थ्यो । स्वास्थ्यकर्मी आफ्ना औजार सहित बस्थे । सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहन्थ्यो । तर अहिले न हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी सुरक्षित छन् । नत प्रयाप्त मात्रमा सुरक्षाकर्मी नै ।

पहिलो चरणमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको टोली हेल्थ डेस्कमा खटियो । त्यो समयमा निकै चहल पहल रह्यो । यहाँ अहिले जुम्लाको चन्दननाथ नगरपालिका र सिँजा गाउँपालिकाबाट स्वास्थ्यकर्मी खटिएका छन् । उनीहरुसँग मेडिकल मास्क छैन् । कपडाको मास्क प्रयोग गरिरहेका छन् । प्रयाप्त ग्लोब्स छैनन् । खानपिनको राम्रो व्यवस्थापन छैन् । सेनिटाइजर सकिएको छ । एक स्वास्थ्यकर्मीले भने, हरेक स्थानीय तहले औषधि उपकरण खरिद गरेको खबर सुन्छौँ । तर हेल्थ डेस्कमा चरम समस्या छ ।
स्वास्थ्यकर्मीलाई बटुवाले समेत टेर्दैनन्

दिउँसो खुलेआम मास्क नलगाएर भिडभाड गर्छन् । साँझतिर मदिरा सेवन गरेर स्वास्थ्यकर्मी माथि नै निउ खोज्छन् । एक जना मात्रै सुरक्षाकर्मी हुदा स्वास्थ्यकर्मीले सुरक्षाको अनुभुति समेत गर्दैनन् । भारत हुदै सुर्खेत नेपालगंजबाट आउजाउ गर्ने मुख्य नाका नै नाग्म बजार हो । हेल्थ डेस्क व्यवस्थापनमा चरम समस्या देखिएको स्वास्थ्यकर्मीहरु बताउँछन् । पछिल्लो समयमा नाग्म हेल्थ डेस्क फितलो बनिरहेको स्थानीय बताउँछन् ।

स्थानीय जयविर नेपालीले भने, ‘विचरा स्वास्थ्यकर्मीसँग आवश्यक सुरक्षाकवज नै छैन, आफु असुरक्षित भएर पनि चेकजाँच गर्नु पर्दाको पिडा निकै छ ।’  ‘नेपाली सेनाको टोली दिउँसो अबेर आउछ । एक दुइ घण्टा बसेर फर्किहाल्छ । तत्काल हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक व्यवस्थापन गर्न माग गरिएको छ । हामीले भोगेका समस्या पछिल्लो आउने टोलीलाई जानकारी गर्छौँ ।’ ,स्वास्थ्यकर्मी भन्छन्,‘ हेल्थ डेस्कमा खटिन पनि डराउनु पर्ने अवस्था छ । जबसम्म जीवन सुरक्षाको ग्यारेण्टी हुदैन् । तब सम्म राम्रोसंग चेकजाँचको काम पनि अघि बढ्नेवाला छैन् ।’ अहिले दैनिक ६० जना भन्दा बढिको चेकजाँच भइरहेको छ ।

कालिकोट तिरबाट आउनको मात्र चेकजाँच भइरहेको छ । जिल्ला भित्र आवतजावत गर्नेको खासै चेकजाँच हुदैन् । पटक पटक जिल्ला प्रशासन कार्यालय जुम्लालाई हेल्थ डेस्कको व्यवस्थापनका लागि आग्रह गरिएको थियो । पटक पटक समस्या संवोधनका लागि प्रशासन कार्यालयले आश्वासन दिदै गयो । तर अहिले झन जीर्ण बन्दै गइरहेको छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले भन्नुभयो समन्वय प्रमुख सहितको टोली विहिबार अनुगमनमा गएका थियौँ । नाग्म हेल्थ डेस्कका स्वास्थ्यकर्मीबाट सुरक्षा चुनौती भएका गुनासो आएको उनले बताए । एक जना प्रहरी हवलदारको हेल्थ डेस्कमा उपस्थितिले सुरक्षा चुनौती भएको महशुस नै भयो उनले भने विना पासका सवारी सञ्चालन छन् । सवारी सञ्चालन अनुमति पत्र नै नलिएर सञ्चालनमा रहेका दुई वटा सवारी साधन प्रहरीलाई बुझाएका थियौँ ।

प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार सबै प्रहरी प्रशासन गर्दियोस भन्ने चाहानाका कारण हेल्ड डेस्क व्यवस्थापन हुन नसकेको हो । उहाँले भन्नुभयो कर्मचारी खटाइदिने, मास्क बाड्दिने, प्रशासनको काम होइन । सम्बन्धित स्थानीय तहले जिम्मेवारी पुरा गर्न सक्नुपर्छ । हेल्थ डेस्कमा खटिएका कर्मचारी असुरक्षित छन् प्रहरीको संख्या निकै कम छ उनले भने प्रहरी चौकी देखि हरेक ठाउँमा प्रहरी खटाएको छ । उनले भने स्थानीय सरकार छन् । जनस्वास्थ्य कार्यालय, प्रतिष्ठान छ । तर पनि स्थानीय प्रहरी प्रशासनकै भर पर्नु सान्दर्भिक होइन् । विपत व्यवस्थापनको बैठकमा समस्या समाधानका लागि पहल थालिने उनले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ