२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयी हुन् बजेटमा परेका स्वास्थ्यका ३५ बुँदाः सबै पुराना कार्यक्रमलाई निरन्तरता

यी हुन् बजेटमा परेका स्वास्थ्यका ३५ बुँदाः सबै पुराना कार्यक्रमलाई निरन्तरता


काठमाडौं—सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब बजेट छुट्याएको छ । सोमबार संसदका दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले स्वास्थ्य मन्त्रालयलाई ८३ अर्ब ९९ करोड रुपैयाँ छुट्याइएको घोषणा गरेका हुन् ।

सरकारले ‘गुणस्तरीय स्वास्थ्य उपचार, जनताको अधिकार’ नाराका साथ सबै नागरिकको पहुँचमा विशिष्टीकृत उपचार पु¥याउने लक्ष्य राखेको छ । यस्तै, सरकारले महत्वाकांक्षी मानिएको ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ कार्यक्रम संचालनका लागि २४ करोड बजेट छुट्याएको छ ।

स्वास्थ्यको कुल बजेट ८३ अर्ब ९९ करोड

१. डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि बजेटको व्यवस्था
२. सबै नागरिकको पहुँच विशिष्टीकृत सेवा पु¥याइने । स्थानीय तहका आधारभूत अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिन १ अर्ब २८ करोड बजेट
३. कोभिड—१९ महामारी नियन्त्रण, खोपको सुनिश्चिता गरिने र संक्रामक रोगको उपचार प्राथमिकतामा
४. डेंगी रोग रोकथाम नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान संचालन गरिने । भेक्टर बर्न डिजिज मौसमी तथा किटजन्य रोगहरुको नियन्त्रणका लागि विशेष कार्यक्रम संचालन गरिने ।
५. शुक्रराज सरुवा रोग अस्पताल ३ सय शैय्याको बनाइने । ५० शैय्याका प्रादेशिक सरुवा रोग अस्पताल संचालनमा ल्याउने ४६ करोड बजेट
६. क्षयरोगमुक्त नेपाल कार्यक्रमका लागि १ अर्ब १५ करोड बजेट
८. ९८ प्रकारका निःशुल्क औषधि खरिदका लागि स्थानीय तहसहित १ अर्ब २८ करोड विनियोजन । स्वदेशमा उत्पादित औषधिलाई प्राथमिकता दिइने ।
९. ३२२ स्थानीय तहमा निर्माणाधीन आधारभूत अस्पतालका लागि ८ अर्ब बजेट । यस वर्ष निर्माण सम्पन्न हुने १०० अस्पतालको व्यवस्थापन तथा उपकरण खरिदका लागि ८२ करोड बिनियोजन ।
१०. मातृ शिशु कार्यक्रमलाई निरन्तरता
११. नसर्ने कडा रोग (क्यान्सर, मेरुदण्ड, मिर्गौलालगायत) औषधि उपचारका लागि दिइदैं आएको मासिक ५ हजारलाई निरन्तरता
१२. विपन्न नागरिक कडा रोग उपचारका लागि दिइदैं आएको उपचार अनुदान निरन्तरताका लागि २ अर्ब ५० करोड
१३. सबै संघीय अस्पतालहरुलाई सुपरस्पेसियालिटी अस्पतालका रुपमा विकास गर्दै लगिने
१४. महिलाहरुमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर रोकथामका १४ वर्षसम्म बालिकालाई एचपीभी खोप दिइने
१५. सबैं संघीय अस्पतालमा बाझोपन र निःसन्तान उपचार सेवा सुरु गर्ने
१६. शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठानका रुपमा विकास गर्ने । सबै संघीय अस्पतालबाट मिर्गौला प्रत्यारोपण सुरु गरिने ।
१७. गंगालाल हृदयरोग केन्द्रमा अत्याधुनिक ब्लड बैक स्थापना गर्ने
१८. भरतपुर क्यान्सर अस्पतालमा आइसोटप उत्पादनसहितको पेट स्क्यान मेसिन खरिद गर्ने
१९. सबै केन्द्रीय अस्पतालमा वृद्धवृद्धाको उपचारका लागि जेरियाट्रिक वार्ड सुरु गरिने
२०. एचआईभी एडस, यौन तथा कुष्ठरोग नियन्त्रण सम्बन्धि कार्यक्रम संचालन गरिने
२१. स्वास्थ्य बिमालगायतका सामाजिक सुरक्षा कार्यक्रम निरन्तरता
२२. स्वास्थ्य बिमा कार्यक्रमलाई पुनसंरचना गरिने दिगो बनाइने
२३. प्रसुति गृहमा मिल्क बैक संचालन गर्ने
२४. वीरमा वर्न सेन्टर विकास गर्न आवश्यक पूर्वाधार बनाइने
२५. सिभिल अस्पताललाई सुपरस्पेसियालिटी अस्पतालका रुपमा विकास गरेर प्रदेशमा विस्तार गरिने
२६. गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा संचालन गर्ने र गेटामा यही वर्षबाट १ सय शैय्याको अस्पताल संचालनका लागि बजेट बिनियोजन
२७. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा र पूर्वाधार विकास गर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत राकममा १०० शैय्याको अस्पताल निर्माण गर्न बजेट
२८. मानसिक रोग अस्पतालमा पाटनको सेवा विस्तार गरिने
२९. राष्ट्रिय ट्रमा सेन्टरको क्षमताको विकास लागि बजेट व्यवस्था । प्राथमिक ट्रमा सेन्टर विभिन्न स्थानीय तहमा स्थापना गर्ने ।
३०. संघीय अस्पतालका प्रयोगशालाहरुको स्तरोन्नती गर्ने
३१. जनस्वास्थ्य प्रयोगशाला पूर्वाधारलगायतका बजेट
३२. ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ कार्यक्रम संचालनका लागि २४ करोड बजेट
३३. खुला योग तथा व्यायमशाला निर्माण गरिने
३४. एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन तर्जुमा गरिने
३५. सबैं संघीय अस्पताललाई सुपरस्पेसियालिटी अस्प्तालमा विकास गरिने


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ