२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यके निको भएको व्यक्तिमा पुन: कोरोना संक्रमण हुनसक्छ ?

के निको भएको व्यक्तिमा पुन: कोरोना संक्रमण हुनसक्छ ?


काठमाडौँ-शरीरमा प्रतिरोधात्मक क्षमता धेरै भएमा कोभिड-१९ ले सजिलै शरीरमा प्रवेश गर्न पाउदैन भन्ने हामीले सुनेका, पढेका छौं। प्राय प्रतिरोधात्मक क्षमता कम भएको व्यक्ति, दिर्घ रोगी र वृद्ध व्यक्तिमा छिट्टो संक्रमण हुनेबारे पनि धेरैलाई थाहाँ नै छ तर कोभिड-१९ को बारेमा उठ्ने प्राय प्रश्नको हामीसँग एकदमै कम जानकारी उपलब्ध छ। जसमध्ये एउटा जिज्ञासा के पनि छ भने एकपटक कोरोना लागेका व्यक्तिलाई पुन लाग्छ वा लाग्दैन ?

कोभिड -१९ लागेका संक्रमित ठिक भए पछि केहि समयमै फेरी संक्रमित भएको खबर बाहिरिएको छ। यसले गर्दा कोरोना मुक्त भएका व्यक्ति पूर्णरुपले त्रासमुक्त हुन सकेका छैनन्। यसै सन्दर्भलाई लिएर केहि वैज्ञानिकले भनेका छन्, ‘दोह्र्याएर संक्रमण हुनु कुनै अचम्मको कुरा हैन, यो एक सामान्य प्रक्रिया हो।’ यता, केहि वैज्ञानिकले भने कोभिड-१९ शरीरमा पुन सक्रिय हुनु अघि गाढीएर लुकेर बसेको हुनसक्छ। यस्तोमा परीक्षणको समस्याका कारण पनि पुन देखिन सक्नेमा वैज्ञानिकहरुको एक मत छ यदि कोरोना विरामीको गलत परीक्षणको अधारमा ठिक भएको भनिएको छ भने पनि यस्ता घटना नहोला भन्न नसकिने उनीहरुको मत छ।

हालसम्म कुनै पनि मानिसको प्रतिरोधात्मक क्षमता पत्ता लगाउन पुन संक्रमित नब्नाएता पनि बाँदरको एक जोडीलाई भने दुईपटक संक्रमित बनाइएको एक विज्ञानिकले बताए। उनको अनुसार पहिलोपटक उक्त जोडीको प्रतिरोधात्मक क्षमता बढाउँन र अर्को पटक तीन हप्ता पछि गरिएको थियो। यस प्रयोगबाट पुन संक्रमित बनाउँदा रोगको कुनै लक्षण देखिएन।

एन्टीबडिज हुँदा छुदैन भाइरसले ?

यसको कुनै ग्यारेन्टी नहुने एक अध्धयनले देखाएको छ। तर कोशिकाहरुलाई सक्रमणबाट बचाउने एन्टीबडिजले संक्रमण रोक्न मद्दत गर्न सक्छ। चीनमा कोभिड संक्रमणबाट ठिक हुने ३० प्रतिशत व्यक्तिमा एन्टीबडिज निकै कम भएको अनुसन्धानले जनाएको छ।

एन्टीबडिज बढी भएकोले गर्दा कोभिड़ १९ले तपाईको शरीरलाई हानी पुर्याउन त सक्दैन तर यसको मतलब यो हैन कि तपाई भाइरसलाई बोक्न सक्न्नु हुन्न र अरुलाई तपाईमा भएको भाइरसले अरुलाई संक्रमित गर्न सक्दैन।

कोरोना विरुद्ध लड्न इम्यूनिटी महत्वपूर्ण, किन ?

कोरोना संक्रमित आफु हुने हो वा हैन, र भएमा कतिपटक हुनसक्छ ? भन्ने प्रश्न चिन्ताको विषय बनेको छ। कोभिड १९ कतिसम्म खतरनाक हुन सक्छ भन्ने बारे तपाईको प्रतिरोधात्मक क्षमताले तय गर्न सक्छ। यदी लामो समयसम्म प्रतिरोधात्मक क्षमता विकास गर्न नसकेको खण्डमा यसको लागि खोप तयार गर्न पनि चुनैतीपूर्ण हुनसक्छ।

‘इम्यूनिटी’ खोपबाट वा अन्य तरिकाबाट मिलेपनि यसबाटै तय गर्न सकिन्छ कि हामी कोरोना भाइरस फैलाउन रोक्न कति सम्म सफल हुन्छौ। यस्ता धेरै प्रश्न जसको जवाफ दावी गरेर भन्न मुस्किल रहेको अनुसन्धानकर्ताको तर्क छ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ