२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यगाडीमा यात्रा गर्दा वान्ता आउँछ ? वान्ता आउँदा के गर्ने ?

गाडीमा यात्रा गर्दा वान्ता आउँछ ? वान्ता आउँदा के गर्ने ?


दशैं मनाउन धेरैजसो मानिसहरु अहिले आ—आफनो जन्मथलो फर्किइरहेका छन् । यसरी घर फर्किने क्रममा बस वा अन्य सवारीमा यात्रा गर्दा धेरैमा वान्ता हुने समस्या हुन्छ । कतिपयलाई गाडी नजिक पुग्ने बितिकै रिंगटा चल्छ । गाडीभित्र वान्ता हुन थाल्छ । आखिर बान्ता किन आउँछ ?

यात्राको क्रममा वान्ता हुनुलाई ‘मोसन सिकनेस’ भनिन्छ । गाडीबाट बाहिर हेर्दा मानिसहरुको आँखाको अगाडिबाट दृश्यहरु छिटो—छिटो परिवर्तन हुने हुन्छ । त्यसलाई सन्तुलन गर्नका लागि हाम्रो आँखा र शरीरले दिमागलाई जानकारी दिनुपर्ने हुन्छ । त्यो बेला हाम्रो दिमाग झुक्किन्छ । गाडीभित्र भएका बेला आँखाले फरक—फरक दुश्यजस्तै एकदमै ठूलो दृश्य आइरहेको छ । त्यो बेला हाम्रो जिउँ एकदमै स्थिर हुन्छ र हाम्रो दिमाग कन्फयुजन हुन्छ । त्यही कारण वान्ता आउने चक्कर लाग्ने हुन्छ ।

त्यसो भए वान्ता आउन नदिन के गर्ने त ? चिल्लो कम भएको लाइट खालको खाने कुरा खानुपर्छ । चिल्लो कम भएको चिप्सहरु, कार्बोहाइडेट बढी भएको खाने कुरा खायौं भने अलि वान्ता कम हुन्छ भन्ने कुरा अध्ययनले पनि देखाएको छ । अलिअलि चकलेटहरु खान सकिन्छ । जो व्यक्तिलाई धेरै वान्ता आउँछ, उसले आँखा बन्द गरी अडेस लगाएर बस्यो भने अलि कम हुन्छ । जसलाई गाडीमा बस्दा बान्ता आउँछ, उसले झयालको छेउको सिटमा बस्नु हुँदैन् । झ्यालतर्फ नहेरी अगाडि हेर्नुपर्छ । झ्यालतर्फ हेर्यो भने बाहिरका छिटो—छिटो परिवर्तन भइरहेका दृश्य हेर्दा चक्कर धेरै लाग्न सक्ने हुन्छ । त्यसैले भ्याल छेउ नबस्दा राम्रो हुन्छ ।

मेडिकलहरुमा विभिन्न खालका वान्ता रोक्ने औषधीहरु पनि पाइन्छन् । गाडीमा चढ्नुभन्दा एक घण्टा पहिले यस्तो औषधी सेवन गर्नाले पनि वान्ता रोक्न सघाउँछ । जुन व्यक्ति दीर्घरोगका बिरामीहरु हुन्छन् । ती व्यक्तिले गाडीमा यात्रा गर्दा धेरै वान्ता आयो भने उनीहरुको प्रेसर घटेर खतरा हुने सम्भावना हुन्छ । शरीरमा पानीको मात्रा कम भएर समस्या हुन सक्छ । बसबाट ओर्लिएपनि वान्ता रोकिएन भने तुरुन्तै अस्पताल जानुपर्छ । वान्ता बच्चा र महिलाहरुलाई धेरै मात्रामा हुने गर्छ । वृद्धवृद्धाहरुलाई वान्ता धेरै भयो बढी चुनौतीपूर्ण हुन्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ