गर्भधारण र प्रसुतीले महिलाको शारीरिक बनावटसँगै यौनजीवनमा पनि उत्तिकै असर पार्छ । यद्यपि, केहि समयपछि भने प्रसुतीपछि पनि महिलाको योनी तथा गर्भाशय भने पुनः पुरानै आकारमा फर्कन्छ ।
र, व्यक्तिले सोहि रुपमा यौन गतिविधिबाट यौनसन्तुष्टि प्राप्त गर्न सक्छन् । तर, शिशुको जन्मपश्चात् भने देखिने केहि पक्षहरुले महिलालाई प्रभाव पारिरहेको हुन्छ । जसकारण महिलामा विभिन्न यौन समस्या देखा पर्छन् । यस समयमा महिलामा देखिने समस्याहरु निम्न रहेका छन्ः
१. योनीको सुख्खापन,
२. योनीको टिस्यु पातलो हुनु,
३. रक्तश्राव हुने,
४. दुखाई महशुस हुनु,
५. मांसपेशी खुकुलो हुनु,
६. यौनइच्छा नहुनु,
७. र, थकान लाग्नु ।
माथि उल्लेखित यस्ता अवस्थाका कारण महिला प्रसुतीपछि तुरुन्तै सामान्य रुपमै यौनजीवनमा फर्कन सक्दैनन् । यसका लागि उनीहरुलाई केहि समयको आवश्यक पर्दछ । तर, प्रसुतिपछि पुनः सम्भोग राख्नाका लागि कुनै पनि निश्चित समय भने यहि नै हो भन्ने छैन । उसोभए सुत्केरीको कति समयपछि पुनः सम्भोग राख्न सकिन्छ त?
यस सन्दर्भमा भन्ने हो भने अधिकांश चिकित्सकले सुत्केरीपछि महिलालाई पुनः सम्भोगको लागि कम्तिमा पनि ४ देखि ६ हप्तासम्म कुर्नका लागि सल्लाह दिने गरेको पाइन्छ । यद्यपि यो महिलाको स्वास्थ्य अवस्थाले निर्धारण गर्ने पक्ष पनि हो । यस अर्थमा भन्ने हो भने, शिशुको जन्मपश्चात्, पुनः शारीरिक सम्बन्ध स्थापित गर्नका लागि महिला मानसिक एवम् शारीरिक दुवैतवरबाट पूर्ण रुपमा तयार हुन आवश्यक पर्दछ।
यसका साथै यसबीचमा महिलामा आफ्नो शिशु, कम सुताई र आफ्नो दैनिकी बीचको समयतालिका मिलाउन सक्ने क्षमता पनि अभिवृद्धि गर्न सक्नुपर्छ ।
यसैगरी, सुत्केरी भएको छोटो समयमा नै सम्भोग कायम गर्नाले कतिपय महिलामा विभिन्न शारीरिक एवम् मानसिक जटिलताको खतरा बढ्ने सम्भावना पनि प्रबल रहन्छ । यसकारण पनि प्रसुतिपछि सम्भोग राख्नुअघि प्रत्येक दम्पतिले अनिवार्य रुपमा सम्बन्धित चिकित्सकसँगको आवश्यक परामर्श एवम् सल्लाह लिनु पर्दछ ।
-एजेन्सी
क्याटेगोरी :
यौन स्वास्थ्य