२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशधनगढीको निसर्ग हस्पिटलमा दुरवीन प्रविधिबाट पाठेघरको उपचार

धनगढीको निसर्ग हस्पिटलमा दुरवीन प्रविधिबाट पाठेघरको उपचार


पदमराज भट्ट

धनगढी—कैलालीको धनगढीमा रहेको निसर्ग हस्पिटलमा सुदूरपश्चिममै महिलो पटक दुरवीन प्रविधिबाट पाठेघरको परिक्षण तथा उपचार गर्ने हिस्टेरोस्कोपी सेवा सुरु गरेको छ । निजी क्षेत्रबाट सञ्चालित धनगढीको निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि. मा यो रोगको उपचार सफल भएको छ ।

वीरेन्द्रनगर नगरपालिका, सुर्खेत घर भएकी ३१ वर्षकी प्रतिभा थापा (नाम परिवर्तित)को उक्त परीक्षण एवं उपचार भएको अस्पतालले जनाएको छ । विगत ३ वर्षदेखि बाँझोपनको समस्याबाट आजित उनी सुदुरपश्चिमीका धेरै स्वास्थ्य संस्थामा धाएकी थिइन् । धेरै ठाउँमा जाचपड्तालको लागि धाउदा पनि वास्तविक समस्या पत्ता लाग्न सकेको थिएन ।

धनगढीको निर्सग हस्पिटलमा नया प्रविधीको माध्यमबाट उपचार हुन्छ भन्ने आफ्न्तको सल्लाहअनुसार उनलाई निसर्गमा उपचारका लागि ल्याइएको थियो । उनको दुरवीन प्रविधिबाट गरिने यस हिस्टेरोस्कोपीबाट दायाँ डिम्बबाहिनी नलीको मुख बन्द भएको देखिएको र दुरवीन प्रविधिकै माध्यमबाट बिना चिरफार (घाउ नबनाई) उनको उक्त बन्द भएको नलीको मुख खोलिएको उपचारमा संलग्न डा. हेमन्त ओझाले बताए । उनले अब उनको समस्या समाधान हुने सम्भावना बढेर गएको बताएका छन् ।

बाझोपनको समस्या थाहा पाउन, डिम्बबाहिनी नलीको मुख बन्द भएको हेर्न र खोल्न, पाठेघरभित्र मासु पलाएको हेर्न र फाल्न, ट्युमर भएको हेर्न र निकाल्न, पाठेघरको मुख र प्वाल चिप्किएको हेर्न र खोल्न, पाठेघर सम्बन्धि समस्यामा बायोप्सी जाँचहरु गर्न र अन्य थुप्रै अवस्थामा समेत यो परीक्षण तथा उपचार पद्धति लाभदायी हुने अस्पताल ले जनाएको छ ।

उनको उपचारमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्रा.डा. नजमुस्सबा अन्सारी र वरिष्ठ एनेस्थेसियोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञ डा. हेमन्त ओझालगायतको टिम खटिएको थियो । अस्पतालको स्थापनासँगै यस्ता थुप्रै रोग तथा समस्या भएका बिरामीहरुले उपचार तथा अप्रेसनका लागि भारतका विभिन्न सहर तथा कोहलपुर, नेपालगन्ज, काठमाडौंलगायतका ठाउँमा जानुपर्ने बाध्यता अन्त्य हुने हस्पिटलका अध्यक्ष तीर्थराज पन्त बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ