२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशडडेल्धुराका अस्पतालका ओटीबाहेकका सबै सेवा सुचारु

डडेल्धुराका अस्पतालका ओटीबाहेकका सबै सेवा सुचारु


धनगढी—सर्वपक्षीय छलफलपछि झण्डंै दुई सातायता तनावमा रहेको डडेल्धुरा अस्पतालका अप्रेसन थिएटर (ओटी)बाहेकका सबै सेवा सुचारु भएका छन् । सुत्केरी भएको १६ दिनपछि स्थानीय एक महिलाको मृत्यु पश्चात तनाव झेल्दै आएको अस्पताल बिहीबारको सर्वपक्षीय छलफलपछि ‘फूलफेज’मा सञ्चालनमा आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जितेन्द्र कँडेलले बताए ।

नागरिक समाज डडेल्धुराको आयोजनामा उक्त सर्वपक्षीय बैठक भएको थियो । नागरिक समाजले राजनैतिक दलका प्रतिनिधी, जिल्ला समन्वय समिति प्रमुख, अमरगढी नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, डडेल्धुरा अस्पतालका मेसु, तीन वटै सुरक्षा निकाय प्रमुख प्रतिनिधीलगायत अधिकारकर्मी, गैर सरकारी संघ संस्थाका प्रमुख प्रतिनिधीलाई बोलाएर तनावपछि बिग्रिएको वातावरण सहज बनाउन पहल गरेको थियो । त्यसपछि, शुक्रबारबाट अस्पतालका सबै सेवा सुचारु भएका हुन् ।

‘अप्रेसन थिएटर (ओटी) सञ्चालन हुन केही समय लाग्छ,’ मेसु कँडेलले हेल्थआवाज डटकमसँग भने, ‘मैले साथीहरुसँग हिजो छलफल गरे, अब सबै सेवा सुचारु भएका छन् ।’ उनले अस्पतालका झ्याल, ढोकाका सिसा पुटेकाले मर्मत गर्न केही समय लाग्ने जानकारी दिए । डा. कँडेलकाअनुसार सर्वपक्षीय छलफलले अब उप्रान्त अस्पतालमा यस्ता तोडफोडका घटना भएमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउनेमा सरोकारवालाहरुले कमिटमेन्ट गरेका छन् ।

नागरिक समाजका संयोजक रमेश जोशीले सर्वपक्षीय छलफलपछि चिकित्सकहरु आश्वस्त भएको बताए । ‘आगामी दिनमा यस प्रकारका घटना हुन नदिन सरोकारवाला सबै पक्षहरुले तत्काल पहल कदमी थाली सजगता अपनाउने । अब उप्रान्त वास्तविकता नबुझी आक्रोशमा आई कानुन विपरित काम गर्ने जो सुकैलाई पनि कानुनी दायरामा ल्याउन आवश्यक सहयोग गर्ने निर्णय गरिएपछि अस्पतालका चिकित्सकहरु पनि सबै पूर्ण रुपमा काममा फर्किनुभएको छ,’ उनले भने ।

गत जेठ ३१ गते अमरगढी नगरपालिका—६ की २५ वर्षीया गीता ताम्राकारको सुत्केरी भएको १६ दिनपछि भएको मृत्युले अस्पतालमा तनाव उत्पन्न भएको थियो । अहिले सुत्केरीको मृत्युको कारण पत्ता लगाउन उच्चस्तरीय छानविन समितीले अनुसन्धान थालेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ