२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिमका अस्पतालमा ५ महिनापछि सुत्केरी भत्ता वितरण हुँदै

सुदूरपश्चिमका अस्पतालमा ५ महिनापछि सुत्केरी भत्ता वितरण हुँदै


धनगढी–संघीय सरकारले बजेट पठाएपछि सुदूरपश्चिमका सुत्केरीहरुले झण्डै ५ महिनापछि भत्ता पाउने भएका छन् । माघ महिना यता बजेट अभाव भएको भन्दै अस्पतालमा प्रसुती सेवा लिएकाहरुले भत्ता नपाएको अवस्थामा संघीय सरकारले बजेट पठाएपछि भत्ता वितरण सुरु भएको हो।

कतिपय अस्पतालले भत्ता वितरण सुरु गरिसकेका छन् भने कतिपय अस्पतालले अव सुरु गर्ने तयारी गरेका छन्। सेती अस्पतालले २३ गतेदेखि सुत्केरी भत्ता वितरण सुरु गर्ने भन्दै सुचना नै जारी गरेको छ।

अस्पतालले सुत्केरी भत्ताका लागि आवश्यक कागजात सहित गाईने वार्डमा सम्पर्क गर्न आग्रह गरेको छ। सेती अस्पतालबाट मात्रै ५ महिनाको अवधीमा ढाई हजार बढि सुत्केरीले भत्ता पाउन बाँकी रहेको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका अस्पतालमा प्रसुती सेवा लिएका आमाहरुलाई भत्ता वितरण गर्न संघीय सरकारले साढे तीन करोड बजेट पठाएको जनाएको छ । मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तका अनुसार यसअघि चालु आर्थिक बर्षका लागि सुरुमा ३ करोड २८ लाख उपलब्ध गराएको छ । त्यस्तै सेती अस्पतालका लागि मात्रै एक करोड ५० लाख बजेट संघीय सरकारबाट आएकोमा थप साढे तीन करोड पठाएको हो।

स्वास्थ्य संस्थामा सुत्केरी भएपछि यातायात, नियमित जाँच र प्रोत्साहन बापत हिमालमा ३ हजार ८ सय, पहाडमा २ हजार ८ सय र तराईमा एक हजार ८ सय रकम पाउनुपर्ने भएपनि संघीय सरकारको स्वास्थ्य विभाग अन्तरगत परिवार कल्याण महाशाखाले बजेट पठाउँन ढिलाई गर्दा समस्या भएको थियो।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ