२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिममै पहिलो पटक कैलाली अस्पतालमा किड्नीको क्यान्सरको जटिल शल्यक्रिया सम्पन्न

सुदूरपश्चिममै पहिलो पटक कैलाली अस्पतालमा किड्नीको क्यान्सरको जटिल शल्यक्रिया सम्पन्न


धनगढी—कैलाली हस्पिटलले दाहिने किड्नीको क्यान्सरको जटिल शल्यक्रिया सम्पन्न गरेको छ । शुक्रबार अस्पतालले एक जना ५० वर्षीया महिलाको रेनल सेल कार्सिनोमा (मृगौंलाको एक प्रकारको क्यान्सर)को रेडिकल नेफ्रेक्टोमी (मृगौला निकालिने शल्यक्रिया) सफलतापूर्वक सम्पन्न गरेको हो ।

उक्त जटिल शल्यक्रियामा युरो सर्जन डा. रविनबहादुर बस्नेत, जनरल सर्जन डा. सुरेन्द्र बस्नेत, एन्स्थेसियोलोजिष्ट डा. रोजी पाठक, एन्स्थेसिया एसिष्टेन्ट सरोज पाठक र स्क्रब नर्स लक्ष्मी खत्रीसहितको टिम सहभागी थियो । चिकित्सकहरुले टोलीले झण्डै २ घण्टामा उक्त अप्रेसन सफलतापूवर्क पूरा गरेको थियो ।

‘उहाँलाई पेट दुख्ने दुई महिनादेखि भैरहेको रहेछ, एक हप्ता अगाडि अल्टासाउण्ड गर्दा क्यान्सर देखियो,’ शल्यक्रियामा संलग्न सर्जन डा. सुरेन्द्र बस्नेतले भने, ‘सिटी स्क्यानमार्फत कन्फर्म गरेर शुक्रबार अप्रेसन भएको छ ।’

यस्तो जटिल शल्यक्रिया सुदूरपश्चिममा पहिलो पटक भएको उनले बताए । किड्नीको क्यान्सरको अप्रेसन जटिल प्रकारको अप्रेसन मानिन्छ । शुक्रबार शल्यक्रिया भएको विरामीलाई भोलि (बुधबार) डिस्चार्ज गर्ने तयारी अस्पतालले गरेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ