२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम अपडेट : संक्रमितको संख्या ६६८६ पुग्यो, आइसोलेसनमा मात्रै ४७ जना

सुदूरपश्चिम अपडेट : संक्रमितको संख्या ६६८६ पुग्यो, आइसोलेसनमा मात्रै ४७ जना


कैलाली – सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ६ हजार ६ सय ८६ पुगेको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार सोमबारसम्म गरेर संक्रमितको संख्या  ६ हजार ६ सय ८६ पुगेको हो ।

कैलालीमा २ हजार १ सय ६० जना, डोटीमा १ हजार ४७ जना, अछाममा ९सय ९० जना, कन्चनपुरमा ७ सय ५४ जना, बझाङमा ४ सय ७९ जना, बाजुरामा ४ सय ५३ जना, बैतडीमा ३ सय ९५ जना, डडेल्धुरामा ३ सय ३२  जना र दार्चुलामा ७६ जना कोरोना संक्रमित रहेका छन् ।

९सय ३२ ’एक्टिभ केस’

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका संक्रिय संक्रमितको संख्या ९ सय ३२ पुगेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलालीमा चार सय ७० जना सक्रिय संक्रमित अर्थात एक्टिभ केस रहेका छन् । डोटीमा एक सय १८, बझाङमा ८९, अछाममा ७७, र कञ्चनपुरमा ४५ जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

यस्तै, बैतडीमा ६९, डडेल्धुरामा १६, बाजुरामा ९ र दार्चुलामा ३० जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

४७ जना मात्रै अस्पतालको आइसोलेसनमा

सक्रिय संक्रमित मध्ये ४७ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ । सेती प्रादेशिक अस्पतालमा १३ जना, टीकापुर अस्पतालमा ६ जना, महाकाली अस्पतालमा १३ जना, जिल्ला अस्पताल अछाममा १० जना, जिल्ला अस्पताल डोटीमा २ जना र डडेल्धुरा अस्पतालमा ३  जना सक्रिय संक्रमितको उपचार भईरहेको निर्देशनालयले जनाएको छ ।

५, ७५१ जना संक्रमित कोरोना मुक्त

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार नौ वटै जिल्लाका पाँच हजार सात सय ५१ जनाले कोरोना जितेका छन। अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक हजार ६ सय ८३ जना, डोटीका नौ सय २९ जना, अछामका ९ सय ९० जना, कञ्चनपुरका ७ सय ५४ जना संक्रमण मुक्त भएका छन्।

यस्तै, बैतडीका ३ सय २६ जना, बझाङका ३ सय ८८ जना, बाजुराका ४ सय ४२ जना, डडेल्धुराका ३ सय १६ जना र दार्चुलाका ४६ जनाले कोरोना जितेका छन् ।

१ हजार भन्दा बढीको नमुना रिपोर्ट आउन बाँकी

सुदुरपश्चिम प्रदेशमा कोरोना परीक्षणको लागि संकलन गरीएका नमुनामध्ये १ हजार ३ सय ९५ नमुनाको नतिजा आउन बाँकी रहेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार डडेल्धुरा अस्पतालको प्रयोगशालाबाट २ सय, सेती अस्पतालको प्रयोगशालाबाट ९ सय ८९, डोटी अस्पतालको प्रयोगशालाबाट १ सय ७४ र बैतडी अस्पतालको प्रयोगशालाबाट ३२ जनाको नतिजा आउन बाँकी रहेको छ ।

सुदूरपश्चिममा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट कैलालीका ७ जनाको मृत्यु भएको छ ।

त्यस्तै , बाजुरामा २ जना , बझाङमा २ जना, अछाममा १ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ