२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशदेशभरकै उत्कृष्ट अस्पताल बन्यो बैतडी जिल्ला अस्पताल

देशभरकै उत्कृष्ट अस्पताल बन्यो बैतडी जिल्ला अस्पताल

यी हुन् सेवा प्रवाहमा देशभरका पाँच उत्कृष्ट अस्पताल


धनगढी—सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा रहेको बैतडी जिल्ला अस्पताल देशभरकै उत्कृष्ट अस्पतालमा दरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको न्यूनतम सेवा मापदण्ड अनुगमन मूल्याङ्कन (एमएसएस)मा जिल्ला अस्पताल बैतडी प्रथम स्थान ल्याउन सफल भएको छ ।

संघीय स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयद्वारारा प्रत्येक ६ महिनामा गरिने सो मूल्याङ्कनमा जिल्ला अस्पताल बैतडी देशभरमै न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट अस्पतालको सूचीमा पहिलो नम्बरमा पर्न सफल भएको हो। अस्पतालले भौतिक पूर्वाधारदेखि उच्च गुणस्तरका स्वास्थ्य उपकरणबाट सेवा दिदै देशभरमै उत्कृष्ट अस्पताल बन्न सफल भएको हो ।

संघीय स्वास्थ्य मन्त्रालयद्वारा उक्त मुल्यांकनमा बैतडी जिल्ला अस्पतालमा ९५ प्रतिशत अंक ल्याएको अस्पतालका सूचना अधिकारी चन्द्र सिंह डोबालले बताए । यसअघि ८९ प्रतिशत मात्रै अंक ल्याएको अस्पतालले यो वर्ष ९५ प्रतिशत ल्याएर अग्र स्थानमा उक्लिएको उनले बताए ।

अस्पतालाई देशभरिमै प्रथम स्थानमा पार्न अस्पताल व्यवस्थापन समिति, डाक्टरहरु, स्वास्थ्यकर्मी, स्थानीय निकाय, समुदाय, सेवाग्राही, संघ–संस्था, सञ्चारकर्मी, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय लगायतका पक्षको महत्वपूर्ण भूमिका रहेको उनले बताए । ‘अस्पताललाई न्यूनतम सेवा मापदण्डमा पहिलो स्थानसम्म पु¥याउन सबैको भूमिका छ छ,’ उनले भने, ‘सरोकारवाला सबैलाई धन्यवाद दिन चाहन्छौं ।’

जिल्ला अस्पताल बैतडीमा पछिल्लो समय विशेषज्ञ सेवा प्रदान भइरहेको छ । अहिले जिल्ला अस्पताल बैतडीमा पाँच जना विशेषज्ञ डाक्टर सहित ११ जना डाक्टरहरु कार्यरत छन् । जिल्ला अस्पतालमा अहिले हाडजोर्नी, नाक, कान घाँटी, एनेस्थियोलोजिष्ट, डेन्टल सर्जन, एमडीजीपी, बालरोग गरेर ५ जना जना बिशेषज्ञहरुले सेवा दिइरहेका डोबालले जानकारी दिए ।

न्यूनतम सेवा मापदण्ड मुल्याङकनमा दोस्रो स्थानमा दमौली अस्पताल, तेस्रोमा चौतारा अस्पताल, चौथोमा अछाम अस्पताल र पाँचौमा दैलेख अस्पताल परेका छन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ