२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशडडेल्धुरा अस्पतालमा प्रहरी सुरक्षामा ओपीडी सेवा सुरु

डडेल्धुरा अस्पतालमा प्रहरी सुरक्षामा ओपीडी सेवा सुरु


अमरगढी—सुत्केरीको मृत्युपछि तनावग्रस्त बनेको डडेल्धुरा अस्पतालको ओपीडी सेवा सञ्चालनमा आएको छ । सामूहिक रुपमा सोमबारदेखि डाक्टरहरु ओपीडी सेवामा फर्किएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले जानकारी दिए ।

अहिले डाक्टरहरु सुरक्षा घेराभित्रबाट अस्पताल बाहिरबाट सामूहिक ओपीडी सेवा दिइरहेका छन् । तर, चिकित्सकहरुमा अझै पनि मानसिक रुपमा सन्त्रास कायमै रहेको डा. कँडेलले बताए । असुरक्षाको कारण देखाउँदैं आइतबार अस्पतालमा कार्यरत ११ जना चिकित्सकसहित ३४ जना स्वाथ्यकर्मी र कर्मचारीहरुले सामूहिक विदामा बस्ने घोषणा गरेका थिए । तर, साँझपख प्रमुख जिल्ला अधिकारी, अमरगढी नगरपालिकाका मेयर, राजनीतिक दलका स्थानीय प्रतिनिधी र डाक्टर तथा कर्मचारी सम्मिलित बैठक बसेको थियो ।

उक्त बैठकमा प्रशासनले सुरक्षाको प्रत्याभूति गर्ने आश्वासन दिएपछि डाक्टरसहित स्वाथ्यकर्मी र कर्मचारीहरु काममा फर्किएका हुन् । ३१ जेठमा डडेल्धुरा अमगरगढी—६ की २५ वर्षीया गीता ताम्राकारको शल्यक्रियाका क्रममा मृत्यु भएपछि विरामीका आफन्तले चिकित्सकले उपचारमा लारवाही गरेको भन्दैं प्रदर्शन गर्नुका साथै अस्पतालमा तोडफोड गरेका थिए ।

त्यसपछि स्थिती तनावग्रस्त बन्दैं गएपछि आइतबार डडेल्धुरा अस्पतालका चिकित्सक, स्वाथ्यकर्मी र कर्मचारीहरुले सामूहिक विदामा बस्ने घोषणा गरेका थिए । उनीहरुले स्थानीय प्रशासनले स्थिती सामान्य बनाउन पहल नगरेको गुनासो गरेका थिए । तर, आइतबार बेलुकाका बैठकपछि भने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु सेवामा फर्किन राजी भएका थिए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ