२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठटिप्समहिनावारीको समयमा सङ्क्रमण र रोगबाट बच्न अपनाउनुस् यी टिप्स 

महिनावारीको समयमा सङ्क्रमण र रोगबाट बच्न अपनाउनुस् यी टिप्स 


महिनावारी भनेको मातृत्वको सूचक हो । महिलाको शरीरमा हरेक महिना हुने यो प्राकृतिक प्रक्रिया तपाई आमा बन्न सक्षम हुनुहुन्छ भन्ने सूचक हो । तर, समाजमा महिनावारीको बारेमा भ्रमका कारण महिनावारी सरसफाइ गम्भीर समस्या बनेको छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार महिनावारीको समयमा सरसफाइमा विशेष ध्यान दिनु आवश्यक छ, यसमा कुनै पनि प्रकारको लापरबाहीले समस्या बढाउन सक्छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार महिनावारी सम्बन्धी सही जानकारी र यससँग सम्बन्धित सरसफाइका उपायहरूबारे बाल्यकालदेखि नै मानिसहरूलाई बताउन निकै जरुरी हुन्छ ।

कम सरसफाइले यौनाङ्ग चिलाउने, मूत्र पथ सङ्क्रमण (युटिआइ), र गम्भीर अवस्थामा, मिर्गौला समस्याहरूको जोखिम बढाउन सक्छ । यी सबै समस्याहरूबाट बच्न केही साधारण कुराहरूको ख्याल गर्नु तपाईँको लागि उपयोगी हुन सक्छ ।

स्यानेटरी प्याड समय समयमा परिवर्तन गरिरहनुहोस्
महिनावारीको समयमा शरीरबाट फोहोर रगत निस्कन्छ, जसलाई स्यानेटरी प्याडले सोस्छ । यस समयमा शरीर धेरै कमजोर हुन्छ । यस्तो अवस्थामा एउटै प्याड लामो समयसम्म प्रयोग गर्दा यौनाङ्गमा सङ्क्रमणको जोखिम बढ्छ । यी समस्याहरूबाट बच्न समय–समयमा स्यानेटरी प्याडहरू परिवर्तन गरिरहनुहोस् । स्वास्थ्य विज्ञहरूका अनुसार महिनावारी हुँदा सरसफाइमा ध्यान दिँदै हरेक ३–४ घण्टामा प्याड फेर्नुपर्छ ।

यौनाङ्गको सरसफाइमा ध्यान दिनुहोस्
महिनावारीको समयमा यौनाङ्गको सरसफाइ धेरै महत्त्वपूर्ण हुन्छ, यसो गर्नाले सङ्क्रमणको जोखिम कम गर्न सकिन्छ । स्यानेटरी प्याड हटाएपछि पनि ब्याक्टेरिया शरीरमा टाँसिन सक्छ । धेरैजसो मानिसहरूले गुप्ताङ्ग सफा गर्न रसायनयुक्त उत्पादनहरू प्रयोग गर्दछन् तर विशेषज्ञहरूले यसलाई सही तरिका मान्दैनन् । प्रत्येक पटक सफा पानीले यौनाङ्ग लाई राम्ररी सफा गर्नुहोस् ।

स्यानेटरी प्याडको उचित व्यवस्थापन आवश्यक छ
प्याडको प्रत्येक प्रयोग पछि, यसलाई राम्रोसँग डिस्पोज गर्न आवश्यक छ । स्यानेटरी प्याडलाई कागजमा राम्ररी बेरेर डस्टबिनमा राख्नुहोस् र त्यसपछि हात सफा गर्न नबिर्सनुहोस् । प्रयोग गरिएको स्यानेटरी प्याड खुला ठाउँमा फाल्दा कीटाणु र रोगहरू फैलिने जोखिममा पर्न सक्छ । शौचालयमा स्यानेटरी प्याड फ्लश नगर्नुहोस् ।

पानी पिउनु धेरै महत्त्वपूर्ण छ
स्वास्थ्य विज्ञहरूका अनुसार महिनावारीको समयमा तपाईँको पिएच लेभल पनि बढ्न सक्छ, यसलाई नियन्त्रणमा राख्न समय समयमा पानी पिउनु निकै जरुरी मानिन्छ । पानी पिउनाले सङ्क्रमणको जोखिम पनि कम गर्न सकिन्छ, साथै डिहाइड्रेसनबाट पनि बच्न सकिन्छ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ