२०८३ असोज २९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ कलाकार प्रकाश घिमिरे गम्भीर घाइते, काठमाडौं लैजान ढिलाइ

कलाकार प्रकाश घिमिरे गम्भीर घाइते, काठमाडौं लैजान ढिलाइ


पोखरा—पोखरेली कलाकार प्रकाश घिमिरे गम्भीर घाइते भएका छन् । शुक्रबार बिहान घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका घिमिरेलाई मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइएकोमा अवस्था जटिल भएपछि आईसीयुमा राखेर उपचार भइरहको छ ।

कलाकार घिमिरे भिरबाट लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

घिमिरेको थप उपचारका लागि काठमाडौं लैजाने परिवारको चाहना भएपनि अस्थिर तथा न्यून अक्सिजन तथा रक्तचापका कारण ढिलाइ भएको पारिवारिक स्रोतले जनाएको छ । तथापि हेलिकोप्टरबाट लैजान हेलिकोप्टर उपलब्ध हुनसमेत कठिनाइ भएको पारिवारिक स्रोतको भनाइ छ ।

मणिपाल शिक्षण अस्पतालमा कलाकार, साहित्यकार, पत्रकार तथा घिमिरेका आफन्तहरुको बाक्लो उपस्थिती छ । शनिबारबाट घिमिरे सुटिङमा जाने कार्यतालिका रहेको थियो ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ