२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा कोभिड-१९ विरुद्धको पूर्ण डोज खोप लगाउने ६ लाख बढी, करिब ८ लाखलाई पहिलो डोज

गण्डकीमा कोभिड-१९ विरुद्धको पूर्ण डोज खोप लगाउने ६ लाख बढी, करिब ८ लाखलाई पहिलो डोज


पोखरा—गण्डकी प्रदेशमा असोज मसान्तसम्म कोभिड–१९ विरुद्धको खोपको पूर्ण मात्रा ६ लाख ८ हजार ८ सय २९ जनाले लगाएका छन् । पहिलो डोजमात्रै लगाउनेको संख्या ७ लाख ८९ हजार २ सय रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

गण्डकीका मनाङ र मुस्ताङ पूर्ण खोपयुक्त भइसकेका छन् । खोप धेरै लगाउनेमा कास्कीपछि नवलपरासी पूर्व रहेको छ । तेस्रो स्थानमा भने तनहुँ रहेको छ । निर्देशनालयका अनुसार कास्कीमा १ लाख ६९ हजार २७७ ले पहिलो डोज र १ लाख ७७ हजार १२६ ले पूरा डोज लगाएका छन् । गोरखामा ७६ हजार ८५२ ले पहिलो डोज लगाए भने ५५ हजार ९२३ ले पूरा मात्रा लगाएका छन् ।

लमजुङमा ६९ हजार ७६७ ले पहिलो र ५० हजार ९८५ जनाले पूरा मात्रा खोप लगाएका छन् । नवलपरासी पूर्वमा १ लाख ८ हजार ६३ ले पहिलो मात्रा र ६९ हजार ५९६ जनाले पूरा मात्रा लगाएका छन् । तनहुँमा १ लाख ८ हजार २७६ ले पहिलो मात्रा र ६५ हजार ८१२ ले पूरा मात्रा लगाएका छन् ।

बागलुङमा ६८ हजार २७५ ले पहिलो मात्रा लगाएका छन् भने ४९ हजार ३५६ ले पूरा मात्रा खोप लगाएका छन् । म्याग्दीमा ३९ हजार ५३२, पर्वतमा ४४ हजार ४१८, स्याङ्जामा ९३ हजार ३२५, मनाङमा ५ हजार ८८ र मुस्ताङमा ६ ३२७ ले पहिलो मात्रा लगाएका छन् । यस्तै, म्याग्दीका २१ हजार ३३६, पर्वतका ३७ हजार ३८६, स्याङ्जाका ७० हजार ४३६, मनाङका ४ हजार ४७९ र मुस्ताङका ६ हजार ३९४ जनाले पूरा मात्रा कोभिडविरुद्धको खोप लगाएका छन् ।

निर्देशनालयले कोभिडविरुद्धको खोप पहिलो मात्रा लगाउने ५१ प्रतिशत र पूर्ण खोप लगाउने ४२ प्रतिशत रहेको उल्लेख गरेको छ ।

यस्तै, गण्डकीमा कोभिडका कारण मृत्यु हुनेको संख्या १ हजार ३८३ पुगेको छ पछिल्लो २४ घन्टामा ५ जनाको कोभिडकै कारण ज्यान गएको छ ।

प्रदेशभरका ५८१ आइसोलेसन बेडमध्ये ४६२ खाली रहेका छन् । २१४ आईसीयु बेडमध्ये १४३ खाली रहेको निर्देशनालयले जनाएको छ । यस्तै ८३ भेन्टिलेटरमध्ये ७२ वटा खाली रहेको छन् । कुल ४७२ एचडियु बेडमध्ये २९९ बेड खाली रहेको निर्देशनालयले जनाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ