२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीका एम्बुलेन्समा जिपिएस जडान सुरु, एकरुपता र सुविधा वृद्धि हुने विश्वास

गण्डकीका एम्बुलेन्समा जिपिएस जडान सुरु, एकरुपता र सुविधा वृद्धि हुने विश्वास


पोखरा – गण्डकी प्रदेशमा सञ्चालन हुने एम्बुलेन्सहरुलाई जिपिएस प्रणालीमा जडान गर्न सुरु गरिएको छ । गत सोमबारबाट बिहीबारसम्ममा ४३ वटा एम्बुलेन्सलाई जिपिएस प्रणालीमा जोडिएको छ। गण्डकीमा १९० एम्बुलेन्स रहेकोमा ८ वटा बि ग्रेडका रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

जिपिएस प्रणालीमा जोडिएपछि एम्बुलेन्स सेवा प्रभावकारी हुने उनको विश्वास छ । प्रदेशमा प्रेषण केन्द्र राखी एम्बुलेन्स सञ्चालन गर्न जिपिएस जडानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोग तथा रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको छ । जिपिएस जडान भएपछि जुन ठाउँमा रहने गरी दर्ता सञ्चालन भएको हो। त्यही रहने भएकाले जाने बिरामी अस्पताल छिटो पुग्नसक्ने छन् ।

एम्बुलेन्स सेवा लिनलाई एम्बुलेन्स हटलाइन नम्बर १०२ आगामी २ हप्ताभित्र सुरुआत हुने बताइएको छ । यसवर्ष १२० एम्बुलेन्स जिपिएसमा जडान हुनेछन् । एम्बुलेन्स सञ्चालन सुरुवात भएको ५ वर्षसम्मका एम्बुलेन्स जिपिएसमा जडान गरिएने केन्द्र संयोजक शर्माले बताए ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सञ्चालन गर्न लागेको उक्त एम्बुलेन्स हटलाइनका लागि हालसम्म जिपिएस तथा सफ्टवेयर जडान, कर्मचारी नियुक्तिलगायत काम भइसकेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

एम्बुलेन्स हटलाइन १०२ सञ्चालन गर्ने सम्बन्धमा गण्डकीका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङ, गण्डकीका स्वास्थ्य निर्देशक खिमबहादुर खड्का, रेडक्रस गण्डकीका सभापतिलगायत उपस्थिति छलफल भई काम अघि बढेको निर्देशनालयले उल्लेख गरेको छ ।

जिपिएस सञ्चालनका लागि प्रदेशका सबै जिल्लामा १÷१ दिन अभिमुखीकरण गरिनेछ । बिरामी लिन जानुपर्ने स्थानअनुसार एम्बुलेन्स खर्चसमेत पहिले नै निर्धारण गरिएको हुनेछ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ