२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशजिल्ला अस्पताल लमजुङमा पेडियाट्रिक वार्ड विस्तार गरिदैं

जिल्ला अस्पताल लमजुङमा पेडियाट्रिक वार्ड विस्तार गरिदैं


पोखरा–जिल्ला अस्पताल लमजुङमा पेडियाट्रिक वार्ड विस्तार गरिने भएको छ । अस्पतालमा सो वार्ड विस्तारका लागि १ करोड २५ लाख बराबरका ३३ वटा उपकरण हस्तान्तरण गरिएको हो ।

गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारीले स्वास्थ्य सेवा नाफाभन्दा सेवामूलक बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकी छन् । उनले जिल्ला अस्पताल लमजुङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै बुधबार त्यस्तो बताएकी हुन् ।

कारितास नेपाल र सिआरएस नेपालको कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स प्रोजेक्टअन्तर्गत जिल्ला अस्पताललाई पेडियाट्रिक वार्ड विस्तारमा जिल्ला अस्पताल सञ्चालक समिति अध्यक्ष मदन रानालाई सामग्री हस्तान्तरण गरिएको थियो ।

कारितास नेपालका कार्यकारी निर्देशक ललित तुडुले कोभिड–१९ ले आफूहरूलाई धेरै सिकाएको बताए । उनले आफ्नो संस्थाले कोभिडकालमा कोभिडबाट वृद्धवृद्धा, महिला र बालबालिकाको जीवनरक्षाका लागि विशेष खालका काम गरेको सुनाए । सिआरएस नेपालका प्रोजेक्ट म्यानेजर नमिता नेपालले नेपालमा विभिन्न संघ–संस्थासँग साझेदारी गर्ने क्रममा लमजुङमा यी सामग्रीको खाँचो छ भन्ने जानकारी पाएपछि सहयोग गरेको बताइन् ।

कार्यक्रममा बेंसीसरहका मेयर एवं अस्पताल विकास समितिका सदस्य गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडी उपस्थित थिए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ