२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा औलोका बिरामी ७ जना, वर्षेनी संक्रमित घट्दै

गण्डकीमा औलोका बिरामी ७ जना, वर्षेनी संक्रमित घट्दै


पोखरा – गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले औलोको भार कम गर्न ‘नयाँपनमा जोड दिऔं र जीवन बचाऔं’ नाराका साथ विश्व औला दिवस मनाएको छ । सोमबार परेको विश्व औलो दिवसका अवसरमा निर्देशनालयले प्रदेशस्तरीय सरोकारवालबीच समीक्षा तथा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशमा औलोका बिरामीको संख्या ७ रहेको जानकारी दिइयो । चालु आवको २०७८/२०७९ मा चैत २० गतेसम्मको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले प्रकाशित गरेको तथ्यांकअनुसार सबै बिरामी आयातित रहेका छन् ।

निर्देशनलायले दिएको तथ्यांकअनुसार स्याङ्जा, बागलुङ, लमजुङ र कास्कीमा १-१ जना छन् भने नवलपरासीपूर्वमा ३ जना रहेका छन् । निर्देशनालयले हरेक वर्ष औलोका बिरामी घट्दै गएको उल्लेख गरेको छ । निर्देशनालयकाअनुसार आव २०७५-७६ मापीभीआयातित २५ र पीएफआयातीत ५ रहेकोमाआर्थिक वर्ष २०७६-७७माक्रमशः २१ र २ माझरेको छ ।

यस्तै, आव २०७७-७८ मामापीभिआयातीत औलो बिरामी १० र पीएफ आयातीत औलो बिरामी २ रहेको जनाएको छ ।
निर्देशनालयले औलो रोग निवारणका लागि कन्ट्याक्ट ट्रेसिङ, सीमानाकामा र शंकास्पद बिरामीको घर र समुदायमा रक्त परीक्षण, झुलवितरण गर्ने तथाजोखिमयुक्त क्षेत्रमा कीटनाशक विषादी छर्ने लगायत काम भइरहेको जनाएको छ।

औलो दिवस २०७९ का अवसरमा स्वास्थ्य कार्यालय नवलपरासीपूर्वको समन्वय तथा विनयीत्रिवेणी गापाको आयोजनामा त्रिवेणी नाकामा रक्त परीक्षण गरिएको छ। स्वास्थ्य कार्यालय पर्वतले, बागलुङ स्वास्थ्य कार्यालयले पनि रक्त परीक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

नेपालबाट सन् २०२२ सम्म स्थानीय औलोलाई शून्यमा पु¥याउने र त्यसलाई कायमगर्दै सन् २०२५ सम्ममा औलो निवारण गर्ने योजना छ । सोही योजनाअनुसार औलो बिरामीको खोज पड्तालतथाऔलो निवारणका लागिआवश्यक सूचना प्रणाली सुदृढीकरण गर्ने, औलो सर्ने दर घटाउने,औलो गुणस्तरीय निदान तथा उपचारमा सर्वसुलभ पहुँच सुनिश्चित गर्ने गरी प्राथमिकतामा राखेर काम भइरहेको निर्देशनालयले जनाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ