२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशआँपपीपल अस्पतालले बिरामीका लागि बस सेवा दिने, प्रशासकीय अधिकृत भन्छन्, ‘अब नियमित सेवा दिन्छौं’

आँपपीपल अस्पतालले बिरामीका लागि बस सेवा दिने, प्रशासकीय अधिकृत भन्छन्, ‘अब नियमित सेवा दिन्छौं’


पोखरा—आँपपीपल अस्पताल गोरखाले साधारण बिरामीका लागि बस सेवा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ महामारी अघि डेढ वर्ष सञ्चालन भएको बस सेवा वर्षालगायत विभिन्न कारणले रोकिएको थियो ।

वैशाख १९ गते सोमबारदेखि सञ्चालन हुने बस सेवाले निरन्तरता पाउने विश्वास अस्पतालका प्रशासकीय अधिकृत बाबुराम गिरीको छ । ‘अस्पताल विकास समितिले न्यूनतम शूल्क तोकेको छ । सोही शुल्क लिएर बस सञ्चालन गर्ने योजना छ,’ उनले भने, ‘एउटा बसमात्रै पर्याप्त होइन, अरु व्यावसायिक प्रोत्साहनका लागि बस सञ्चालन गरिएको हो ।’

अस्पतालले सोमबार, मंगलबार, बिहीबार र शुक्रबार गाडीको रुट बनाएर सञ्चालन गर्ने योजना बनाएको छ । बिहान आठ बजे सुरु हुने बस सेवा अस्पतालमा बिरामी जाँच गरिसकेपछि सोही रुटमा फर्कने अस्पतालले जनाएको छ । अस्पतालले दिएको बस सेवा हप्ताभरिमा १ दिनमात्रै एउटा रुटमा हुनेछ ।

अस्पतालमा दैनिक १ सय हाराहारीमा बिरामी आउने गर्छन् भने १४÷१५ जना भर्ना गर्नुपर्ने बिरामी आउने गरेका छन् । अस्पताल आउने ओपिडी बिरामीलाई सहज होस् भन्ने उद्देश्यले बस सेवा थालिएको अधिकृत गिरीले बताए । उनले भने, ‘अब अस्पतालसम्मको बाटो पिच हुँदैछ । त्यसपछि बाहै्र महिना नियमित गर्न सकिने विश्वास छ ।’

अस्पतालमा २ वटा एम्बुलेन्स छन्, ती एम्बुलेन्सले जटिल र आकस्मिक बिरामी बोक्ने गर्छन् । ती एम्बुलेन्समध्ये एउटा १७÷१८ वर्ष पुरानो छ । लामो यात्रामा जानसक्ने एम्बुलेन्स एउटामात्रै हो ।

अस्पतालले सञ्चालन गर्ने बस पनि नयाँ भने होइन् । सुष्मा कोइराला मेमोरियल अस्पतालले लिलामीमा बिक्री गर्न लागेको बस आँप पीपलले डोनेसनमा ल्याएको हो । ‘सुष्मा कोइराला अस्पतालले लिलामीमा बिक्री गर्न लागेको रहेछ । हामीले आग्रह ग¥यौं र डोनेसनमा ल्याएर सञ्चालन गरेका हौं,’ अधिकृत गिरीले भने ।

अस्पतालमा आएका बिरामीमध्ये न्यून संख्यामा मात्रै रिफर गर्नुपर्ने देखिएको अधिकृत गिरीले सुनाए । अस्पतालले स्वास्थ्य बिमा योजनालाई प्रभावकारी रुपमा सञ्चालन गरिरहेको छ । ८० प्रतिशत बिरामीको स्वास्थ्य बिमा रहेको गिरीले बताए ।

‘अस्पतालको शल्यक्रिया कक्षमा लैजानुअघि नुहाउन लगाउने गरिएको छ । जसका कारण संक्रमण जोखिम कम गर्न सकिने हाम्रो उद्देश्य हो । यसलाई स्वास्थ्य सेवा विभागबाट अनुगमनमा आएका व्यक्तिहरुले समेत अनुकरणीय भएको बताउनुभएको थियो,’ उनले भने, ‘उहाँहरुले पोलिसी बनाउँदा यो कुरा पनि समेट्नुपर्ने बताउनुभएको थियो ।’

सरसफाइमा विशेष ध्यान दिने योजनाअनुसार अस्पतालले बिरामीलाई युरोगार्डमार्फत शुद्ध पिउने पानी, भर्ना हुने बिरामीले हात धुन सिंगल साबुनसमेत उपलब्ध गराइरहेको छ । मुट, मल्टिफ्याक्चरलगायत जटिल समस्या भएका बिरामीबाहेक अस्पताल आएका धेरैजसो बिरामीलाई सेवा दिइरहेको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ