२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक मिर्गौला प्रत्यारोपण 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक मिर्गौला प्रत्यारोपण 


काठमाडौं—पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला प्रत्यारोपण सुरु भएको छ । बिहीबार प्रतिष्ठानको अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल भएको हो ।

अन्नपूर्ण गाउँपालिकाकी ५० वर्षीया महिलाको मिर्गौला प्रत्यारोपण गरिएको हो । उनलाई उनका श्रीमानले मिर्गौला दिएका थिए ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. डुकबहादुर क्षेत्रीले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ नेतृत्वको टोलीको सहयोगमा प्रतिष्ठान अस्पतालको टोलीले मिर्गौला सफल प्रत्यारोपण गरेको जानकारी दिए ।

उनले यसबारेमा विस्तृत जानकारी दिनका लागि प्रतिष्ठानले पत्रकार सम्मेलन गर्ने तयारी गरेको बताए ।

अस्पताल स्रोतकाअनुसार ४ घण्टा समय लगाएर ती महिलाको मिर्गौला प्रत्यारोपण गरिएको हो । अस्पतालले पोखरामा नियमितरूपमा मिर्गौला प्रत्यारोपण गर्ने योजना बनाएको छ ।

काठमाडौं बाहिर चितवन र विराटनगरपछि पोखरामा मिर्गौला प्रत्यारोपण गर्ने तेस्रो सहर भएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ