२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशमहानगरका प्राथमिकताः पोखरा मेट्रो अस्पताल स्थापना र शिशुवा अस्पतालमा डायलासिस सेवा सुरू

महानगरका प्राथमिकताः पोखरा मेट्रो अस्पताल स्थापना र शिशुवा अस्पतालमा डायलासिस सेवा सुरू


पोखरा–पोखरा महानगरपालिकाले १० असारमा बजेट सार्वजनिक गरेको छ । पोखरा महानगरपालिकाले शिशुवा अस्पतालमा मिर्गाैला डायलासिस सेवा विस्तार गर्ने तथा पोखरा मेट्रो सञ्चालनमा ल्याउने नयाँ कार्यक्रम तय गरेको छ ।

बजेटमा महानगरपालिकाअन्तर्गतका सबै स्वास्थ्य संस्थाहरुबाट निःशुल्क सेवा दिने व्यवस्था मिलाउन १२ करोड ८८ लाख विनियोजन गरिएको छ । यस्ता संस्थाबाट निशुल्क औषधी खरिद तथा वितरण गर्न नियमित आपूर्तिको व्यवस्था गर्न पर्याप्त बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

महिलाका लागि स्वास्थ्य जोखिम मानिएका प्रजनन स्वास्थ्य, आङ खस्ने समस्या, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर समयमै पत्ता लगाउन प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गरेको छ ।

सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम सुरुआत गर्ने भएको छ भने सरकारले तोकेबमोजिमको मापदण्ड पूरा गर्न पूर्वाधार निर्माणलाई आवश्यक बजेट विनियोजन गरेका जनाएको छ ।

महानगरअन्तर्गतको एकमात्र अस्पताल शिशुवा अस्पतालमा विशेषज्ञ सेवा दिन विशेषज्ञ डाक्टर थप गरिने भएको छ । शिशुवा अस्पतालमा नै मिर्गौला डायलाइसिस गर्ने व्यवस्था मिलाउने भएको छ । यसका लागि ३ करोड ५ लाख छुट्याएको छ । पोखरा महानगरपालिकाले पोखरा मेट्रो अस्पताल स्थापना गर्न अध्ययन सुरु गर्ने भएको छ ।

कोभिड–१९ लगायत सरुवा रोग नियन्त्रण, विपद् व्यवस्थापन र प्रतिकार्यका लागि ३५ लाख विनियोजन गरेको छ । महानगरपालिका क्षेत्रका स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन तथा जनस्वास्थ्यमा पहुँच बढाउन ४० करोड ५० लाख प्रस्ताव गरिएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ