२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशस्वास्थ्य पत्रकार मञ्च गण्डकी तदर्थ समिति गठन

स्वास्थ्य पत्रकार मञ्च गण्डकी तदर्थ समिति गठन


पोखरा–स्वास्थ्य बिटमा कलम चलाउने पत्रकारहरुको पोखरामा भएको भेलाले स्वास्थ्य पत्रकार मञ्च गण्डकी प्रदेश तदर्थ समिति गठन गरेको छ । समितिको अध्यक्ष यदुराज बञ्जारा चयन भएका छन् ।

समितिको उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव अनिषा श्रेष्ठ, कोषाध्यक्ष पुष्प दाहाल चयन भए । सदस्यहरु निरज पन्त, बिन्दु परियार, रिना थापा छन् ।

समिति अध्यक्ष बञ्जारा स्वास्थ्य क्षेत्रका काम गर्ने पत्रकारको क्षमता विकास तथा काममा सहयोग गर्ने उद्देश्य रहेको बताए । उनले संस्थालाई राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता जनाए ।

‘पत्रकारिता गर्ने हो पार्टीकारिता गर्ने होइन । राजनीतिक छाता र झोला रङबाट अलग राखेर काम गर्नुपर्छ,’ उनले भने ।

स्वास्थ्य बिटमा काम गर्ने पत्रकारको हितमा मञ्चले काम गर्ने महासचिव अनिषा श्रेष्ठले बताइन् । उनका अनुसार असोजमा अधिवेशन गरिनेछ । विधानतः तदर्थ समिति गठन भएको ६ महिनाभित्र अधिवेशन गर्नुपर्ने हुन्छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ