२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकी प्रदेश सरकार मातहत ४ अस्पताल, लमजुङ जिल्ला अस्पताल प्रदेशलाई हस्तान्तरण

गण्डकी प्रदेश सरकार मातहत ४ अस्पताल, लमजुङ जिल्ला अस्पताल प्रदेशलाई हस्तान्तरण


पोखरा—तत्कालीन लायन्स सामुदायिक अस्पताललाई आफू मातहत ल्याएर प्रदेशमै पहिलो संक्रामक तथा सरुवा रोग अस्पताल शिशुवा स्थापना गरेको गण्डकी प्रदेश सरकारले लमजुङ जिल्ला अस्पताल पनि आफू मातहत ल्याएको छ । बिहीबार गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङको रोहबरमा अस्पताल हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विश्वबन्धु बगाले र एचसिडिएचका निर्देशक कपिल शर्माले जिल्ला अस्पताल हस्तान्तरण पत्रमा हस्ताक्षर गरे । वि.सं. ०५८ साल साउनदेखि सो अस्पताल गैरसरकारी संस्था एचसिडिएचले सञ्चालन गरिरहेको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।

गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङले अस्पतालको सेवा तथा व्यवस्थापनबारे आफ्नो चासो र चिन्ता भएको बताइन् । स्वास्थ्य तथा जनसंख्या सचिव डा. बगालेले सेवा गर्न इच्छाशक्ति चाहिने भन्दै अस्पतालको क्षमता विस्तारमा समुदाय तथा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताए ।

बेशीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले आफू वि.सं. ०४३ सालदेखि अस्पताल नजिकबाट हेरेको स्मरण गर्दै विशेषज्ञसहित १४ जना डाक्टरले दिएको सेवा आगामी दिनमा प्रभावकारिताबारे चिन्ता व्यक्त गरे । अस्पतालमा १४ डाक्टरसहित १ सय २२ जना कार्यरत छन् ।

एचसिडिएचका निर्देशक कपिल शर्माले सरकारले गैससको अस्पताल भन्ने र गैससले सरकारको हो, हामीले एक दिन छाडेर जानैपर्छ भन्ने सोचाइले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको सुनाए ।

जिल्ला अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठका अनुसार २१ वर्षसम्म पब्लिक प्राइभेट पार्टनरसीप मोडलमा सञ्चालन आइरहेको अस्पताल अहिलेमात्रै पूर्णरुपमा प्रदेश सरकारको मातहत आएको हो । श्रेष्ठका अनुसार हाल भइरहेको सबै दायित्व अब प्रदेश सरकारको भएको छ ।

गण्डकी प्रदेश सरकारले यसअघि पोखरा १६ को मातृशिशु अस्पताल तथा जिल्ला अस्पताल मध्यबिन्दुलाई आफू मातहत ल्याएको थियो ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ