२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशधौलागिरी अस्पतालमा दुरबिन प्रविधिबाट पित्तथैलीको ढुंगा निकालियो

धौलागिरी अस्पतालमा दुरबिन प्रविधिबाट पित्तथैलीको ढुंगा निकालियो


पोखरा—धौलागिरी अस्पताल बागलुङमा दुरबिन प्रविधिमार्फत पित्तथैलीको शल्यक्रिया गर्न सुरु गरिएको छ । यसअघि एपेन्डिसाइटिस, हर्निया, पाठेघरमा पानी जमेको, पत्थरी र पित्त थैलीमा मासु पलाएको शल्यक्रिया भएका थिए ।

ल्याप्रोस्कोपी प्रविधिबाट ३६ वर्षीय युवा सन्तोष सापकोटाकोे पित्तथैलीको ढुंगा निकालिएको सर्जन डा. सार्जन कुँवरले जानकारी दिए । उनका अनुसार पोखरामा पहिलेदेखि नै भइरहेको भएपनि धौलागिरी अस्पतालमा भने भर्खर सुरु भएको हो ।

‘यो प्रविधिबाट शल्यक्रिया गर्दा घाउ पाक्ने, अस्पतालमा लामो समय बस्नुपर्नेलगायत समस्या कम हुन्छन् भने धौलागिरीमा सुरु भएपछि यो क्षेत्रका मानिसलाई पोखरा नै पुग्नुपर्ने बाध्यता हटेको छ,’ उनले भने, ‘तथापि ल्याप्रोस्कोपी प्रविधिबाट शल्यक्रिया गर्न लामो समयको अनुभव भएको सर्जनको खाँचो पर्छ ।’

सर्जन डा. सार्जन कुँवर, एनेस्थेसियोलोजिष्ट डा. गणेश वन, एजेस्थेसियोलोजिष्ट एवं प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. अमित ढुंगाना, प्रान्जलचन्द्र पौडेल, वरिष्ठ नर्सिङ निरीक्षक देवी भट्टराई र स्टाफ नर्स शर्मिला शर्मालगायतकोे टोलीले साढे २ घन्टा लगाएर सफल शल्यक्रिया गरेको थियो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अमित ढुंगाना मानव संसाधन व्यवस्थान गर्न सके थप गुणस्तरीय सेवा दिन सकिने बताउँछन् । अहिले भइरहेका दरबन्दी पनि केही रिक्त छन् । सरकारले स्थायी गरेर पदपूर्ति हुन लामो समय लाग्ने भएकाले छात्रवृत्ति करार वा अस्पताल विकास समितिमार्फत नियुक्त गरेर भएपनि सेवा दिन प्रयास गरिएको मेसु ढुंगानाले जानकारी दिए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ