२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका सिएमए बरालको निधन

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका सिएमए बरालको निधन


पोखरा—स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेश अध्यक्ष नारायण बरालको निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा सिएम पदमा कार्यरत उनको काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको हो ।

सोमबार बिहान पोखरा १३ स्थित आफ्नै घरको बाथ रुममा ढलेर बेहोस भएका बराललाई उपचारका लागि काठमाडौंस्थित ह्याम्स अस्पताल लगिएको थियो ।

बेहोस भएका बराललाई उनी कार्यरत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा त्यहाँ उपचार सम्भव नहुने देखेपछि काठमाडौं रिफर गरेको थियो । उनलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराका डिन प्रा.डा. श्रीकृष्ण श्रेष्ठका अनुसार सिएमए बराल वि.सं.२०६० सालदेखि हालसम्म पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत थिए । बराल कुशल नेतृत्वकर्ता, सहयोगी र कर्तव्यनिष्ठ स्वास्थ्यकर्मी भएको प्रा.डा. श्रेष्ठ बताउँछन् ।

प्रा.डा. श्रेष्ठ भन्छन्, ‘बराललाई हिपको जोर्नीको समस्या थियो । पछि टिबी भयो, पछि हिपको कमजोरीले खुट्टा खोच्याउने अवस्था थियो । त्यो बाहेक अरु रोग भएको थाहा थिएन् । अचानक दुःखद् खबर सुन्नुप¥यो ।’ बराल नेपाली कांग्रेस गण्डकीका सदस्यसमेत हुन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ