२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीका धेरै जिल्ला अस्पताल निमित्तकै भरमा

गण्डकीका धेरै जिल्ला अस्पताल निमित्तकै भरमा


पोखरा—गण्डकी प्रदेशभरका स्वास्थ्य संस्थाको व्यवस्थापन र अनुगमनमा जिम्मेवार हुने सामाजिक तथा स्वास्थ्य मन्त्रालयले समयमै निर्णय नगरिदिँदा गण्डकी प्रदेशका धेरै जिल्ला अस्पताल निमित्तका भरमा चलिरहेका छन् । स्याङ्जा अस्पताल गत कात्तिकदेखि मेडिकल सुपरिटेन्डेन्ट (मेसु) बिहीन छ ।

स्याङजाका तत्कालीन मेसु डा. रमेश आचार्य लमजुङ अस्पताल प्रदेश मातहत ल्याएपछि लमजुङमा सरुवा भएका थिए । भदौदेखि पर्वतकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिनी अधिकारी स्याङजा अस्पतालको नेतृत्व लिने भएकी छन् ।

झण्डै १ वर्ष हुनलाग्दा पनि मेसु नभएपछि कर्मचारी व्यवस्थापनलगायत अस्पतालका विविध निर्णय गर्नुपर्ने काममा समस्या झेल्दै आएको अस्पतालले १ भदौंबाट मेसु पाउने भएको छ । डा. आचार्य लमजुङ सरुवा भएपछि मेसुविहीन बनेको अस्पताल वरिष्ठ स्टाफ नर्स कृष्णकुमारी कार्कीले निमित्त मेसुको रुपमा काम गरिरहेकी छन् ।

अस्पतालमा प्रमुख र ३ जना मेडिकल अफिसर पद रिक्त भएकोमा डा. रुक्मिनी आएपछि पनि २ पद अझै रिक्त हुने अस्पताल विकास समितिका अध्यक्ष इन्द्र गोदारले बताए । प्रदेशले गत वर्ष अस्थायी करार नियुक्त गरेका १६ जनाको म्याद सकिएको छ ।

बागलुङ अस्पतालका मेसु डा. हेमन्त बास्तोला पर्वत आउने भएका छन् । दमौली अस्पतालमा मेसु रिक्त भएको करिब १५ महिनापछि बेनीमा कार्यरत डा. परिवर्तन बराल हालैमात्र मेसु बनेर आएका छन् । ५० शैयाको गोरखा अस्पताल पनि निमित्त मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठको नेतृत्वमा छन् । मुस्ताङ अस्पतालको नेतृत्व निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विशाल तिवारीले गरिरहेका छन् ।

प्रदेश स्वास्थ्य मन्त्रालयको वेबसाइट छैन अपडेट

झण्डै १५ महिना दमौली अस्पतालमा मेसुबिहीन बन्यो । बेनी अस्पतालमा कार्यरत डा. परिवर्तन बराल सरुवा भएर दमौली अस्पताल गए । जहाँ उनी मेसुको जिम्मेवारीमा छन् । तर, गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा बेनी अस्पतालको कन्सल्टेन्ट सर्जन नवौं तह, जनरल हेल्थ सर्भिसेज समूहमा उनको नाम उल्लेख छ ।

दमौली अस्पतालको मेसुमा डा. बराल आएको १ महिना बढी भइसक्दा पनि वेबसाइट अद्यावधिक नगरी निमित्त मेसु डा. दिवस ढकालकै नाम उल्लेख छ । प्रदेशभरका डाक्टर कर्मचारीको विवरण प्रदेश स्वास्थ्य मन्त्रालयमा अद्यावधिक छैन ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ